Comments Add Comment

दाङमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

३१ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, दाङले एउटा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही–१३, बडहाराका २७ वर्षीय वीरबहादुर चौधरी छन् ।

विशेष सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले घोराही –१५, बुद्धी ग्यारेज नजिकबाट उनलार्इ पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि पोखरेलले बताए ।

उनका अनुसार चौधरीले पाइन्टको बेल्टमा पेस्तोल लुकाइराखेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

‘एटोमेटिक पेस्तोल मेड इन यूएसए लेखएिको ६.६५ क्यालिभरको पेस्तोल, म्यागजिन र गोली ४ राउण्ड बरामद भएको छ’, पोखरेलले भने, ‘उनी सवार पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ ।’

थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment