+
+
Shares

अपराधीलाई ठूला नेता र दलको आड छ : कांग्रेस सांसद

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते १४:२६

१ असोज, काठमाडौं । महिला अधिकारकर्मीहरुले निर्मला पन्तको हत्यारा लुकाउन राज्य नै लागि परेको आरोप लगाएका छन् ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले सोमबार गरेको कार्यक्रममा उनीहरुले घटनामा संलग्न व्यक्ति आफ्नो नजिकैको वा पार्टीको हो वा होइन भन्ने हेरिदा पक्राउ पर्न नसकेको बताएका हुन् ।

अर्का प्रतिनिधि सभा सदस्य सर्वदतारा खातुनले निर्मला पन्तको हत्यारा खोजी गर्न सरकार गम्भीर नभएको बताइन् । ‘अपराधी कसैको हुदैन, तर अपराधीको ढाकछोप गर्न खोजिदैछ, अपराधीलाई गृह मन्त्रालयले नियन्त्रणमा लिन सक्दैन ?’ उनले प्रश्न गरिन्, ‘उनीहरुको घरमा त्यस्तो घटना भएको भए के हुन्थ्यो ? अपराधीलाई नियन्त्रणमा लिन्थ्यो होला तर अहिले सर्वसाधारण भएकैले यो घटनामा ढाकछोप गर्न खोजिदैछ ।’

नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले पुलिसले चाहदा निर्मलाको हत्यारालाई पक्राउ गर्न गाह्रो नहुने बताइन् । ‘जो रक्षक उही भक्षक भयो । पुलिसले चाहदा कुनै गाह्रो छैन, तर अपराधीलाई ठूला नेता, ठूला दलको आड छ’, उनी भन्छिन्, ‘निर्मलाको हत्यारा पत्ता लागेन भने यो देशमा न्याय खोज्न कहाँ जाने ?’

रेग्मीले नियतवश नै अपराधी पत्ता लगाउन नखोजिएको भन्दै सरकारको आलोचना गरिन् । महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष रेणु अधिकारीले महिला तथा बालिकाहरु भारतीय सीमा क्षेत्रमा धेरै असुरक्षित रहेको बताइन् ।  बालिकाहरुलाई अश्लिल भिडियो खेलाउने, रेप गर्ने र हत्या गर्ने घटनाहरु भइरहेको सूचनाहरु आइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?