Comments Add Comment

पोन्टेको पोष्टमा बेन्फिकाको २८ गोल

१ असोज, काठमाडौं । बेन्फिकाले पोर्चुगलको महिला लिगमा ऐतिहासिक जित हात पारेको छ । उसले दोस्रो डिभिजनमा डेब्यू गरेको टिम पोन्टेमाथि २८-० को फराकिलो जित निकालेको हो ।

दोस्रो मिनेटबाटै गोल गर्न थालेको बेन्फिकाले पहिलो हाफमा १६ गोल गरेको थियो ।

उसका ९ खेलाडीले गोल गरे । २०१७ मा बनेको यो टिममा थुप्र्रै अन्तर्राष्ट्रिय महिला फुटबलर छन् । अपि्रलमा मात्र क्लबमा आवद्ध भएकी डार्लिन डिसूजा एक्लैले ८ गोल गरिन् ।

यो जित पोचगलको सिनियर फुटबलमै अहिलेसम्मकै ठूलो अन्तरको जित हो । यसअघि स्पोर्टिङले १९७१ मा २१-० को जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment