Comments Add Comment

नेप्से २ अंकले बढ्दा कारोबार रकममा २३ करोडको गिरावट

२ असोज, काठमाडौं । सातको तेस्रो दिन सेयर बजारमा झिनो वृद्धि देखिएको छ । सोमबारको तुलनामा सेयर बजारमा २ दशमलव ४१ अंकले सुधार देखिएको हो ।

सेयर बजारमा २ दशमलव ४१ अंकले सुधार देखिदा नेप्से परिसूचक बढेर १ हजार २ सय ५८ दशमलव ८१ को बिन्दुमा पुगेको छ ।

साताको पहिलो दिन आइतबारको तुलनामा सोमबार नेप्से परिसूचक शून्य दशमलव ०१ प्रतिशत अर्थात ०.१३ अंकले ओरालो लागेको थियो ।

नेप्से परिसूचकमा झिनो वृद्धि देखिए पनि कारोबार रकममा भने भारी गिरावट देखिएको छ । सोमबारको तुलनामा मंगलबार करिब २३ करोड रुपैयाँ कम सेयर कारोबार भएको हो ।

दिनभरमा भएका ५ हजार ८ सय ७७ कारोबारबाट १ सय ६९ कम्पनीका १५ लाख ४४ हजार २ सय ५७ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसअनुसार ४६ करोड ६९ लाख ७२ हजार १ सय ९६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ६८ करोड ७६ हजार ८८ सय ६५३ रुपैयाँको सेयर कारोबार भएको थियो ।

मंगलबार सबैभन्दा बढी कारोबार नेको इन्स्योरेन्सको भएको छ । नेकोको ३ करोड ३६ लाख ९८ हजार ६ सय ९७ सय रुपैयाँको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment