Comments Add Comment

आणविक क्षेप्यास्त्र परीक्षण स्थल बन्द गर्न उत्तर कोरिया सहमत

३ असोज, काठमाडौं ।  उत्तर कोरिया आफ्नो मुख्य आणविक क्षेप्यास्त्र परीक्षण स्थल बन्द गर्न तयार भएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ-इनले बताएका छन् ।

राष्ट्रपति मुन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच बीच प्योङयाङमा भएको वार्तापछि निशस्त्रीकरणको लागि सहमति जुटेको मुनले बताएका हुन् ।
किमले भने उक्त सम्झौतालाई कोरियाली प्रायद्विपमा शान्तितर्फको छलाङको रुपमा ब्याख्या गरेका छन् ।

किमले निकट भविष्यमा दक्षिण कोरिया भ्रमणको गर्ने इच्छासमेत व्यक्त गरेका छन् । यसो भएमा उनी दक्षिण कोरियाको भ्रमण गर्ने पहिलो उत्तर कोरियाली नेता बन्नेछन् ।

वार्ताको निश्कर्ष निशस्त्रीकरण

सम्मेलनको मुख्य उद्देश्य निशस्त्रीकरणको मुद्दालाई टुंगो लगाउने रहेको थियो ।

अमेरिका र उत्तर कोरियाले गत जुनमा सिंगापुरमा भएको शिखर वार्तामा निशस्त्रीकरणको लागि सम्झौता गरिसकेका छन् ।

उक्त सम्झौता अनुसार प्योङयाङले फेरि पनि निशस्त्रीकरणको लागि आफू प्रतिबद्ध रहेको कुरा दोहोर्याएको छ ।

मुनका अनुसार किमले तोङचाङ-री मिसाइल इन्जिन परिक्षण केन्द्र स्थायी रुपमा बन्द गर्न सहमति गरेका छन् । सम्बन्धित देशका विज्ञको उपस्थितीमा केन्द्र नष्ट गरिनेछ, जसले केन्द्र सञ्चालन गर्न नसकिने प्रमाणिकरण गर्छ ।

उनले योङब्योन आणविक केन्द्र पनि बन्द गर्न सहमति जनाएका छन् जँहा उत्तर कोरियालाई आणविक परीक्षणको लागि आवश्यक सामग्री उत्पादन गरिने विश्वास गरिन्छ । तर, यसको लागि अमेरिकाले पनि आफ्नो आणविक केन्द्र बन्द गर्नुपर्ने सर्त उत्तर कोरियाको छ ।

किमले जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नु अघि आफ्नो अर्को एक मुख्य आणविक परिक्षण केन्द्र प्युङ्गेइ-री परिक्षण केन्द्र नष्ट गरेको थियो ।

त्यसैगरि वार्तामा दुई कोरियाली देश बीच सम्बन्ध सुदृढ बनाउँदै रेलवे मार्फत दुई देश जोडिने, विभाजित भएका परिवारको पुर्नमिलन गराउने र स्वास्थ्य सेवामा सहकार्य गर्ने योजनामा पनि सहमति भएको छ । (बिबिसीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment