Comments Add Comment

ह्याप्पी वर्थ डे राष्ट्रकवि

७ असोज, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार एक सय औं जन्मोत्सव मनाएका छन् । लैनचौरस्थित आफ्नै घरमा राष्ट्रकवि घिमिरेले सय औं जन्मदिनको केक काटेका छन् ।

एक सय वर्ष पुगेको अवसरमा घिमिरेले निवासमा पूजापाठ पनि गरे । उनलाई जन्मदिनको शुभकामना दिन आफन्त, छिमेकी र शुभचिन्तकहरु पनि लैनचौरस्थित उनको निवासमा भेला भएका छन् ।

आइतबार घिमिरेलाई उनकै निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मदिनको शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारी फूलको बुकी बोकेर राष्ट्रकविलाई भेट्न गएकी थिइन् ।

घिमिरे लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, पुस्तुन बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मिएका थिए । घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् ।

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले यो वर्षभरी जन्मशताब्दी मनाउन उनको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ । रथारोहण कार्यक्रम यही असोज २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment