Comments Add Comment

तेजाब आक्रमणबाट घाइते सम्झना दासको मृत्यु

८ असोज, काठमाडौं । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।

तेजाबले सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरा मुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

५० वर्षे रामबाबु : मध्यरातमा एसिड छ्यापे, अपराध लुकाउन कुरुवा बने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment