Comments Add Comment

टाइप १ मधुमेह, किन कसलाई र कसरी हुन्छ ?

सर्लाहीको एक छ वषिर्याको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि उनलाई नजिकैको हेल्थ पोष्ट लगियो । उक्त हेल्थ पोष्टमा रगतमा सुगरको चेकजाँच गर्ने क्रममा बालिकाको रगतमा इन्सुलिनको मात्रा निकै कम भएपछि उनलाई तुरुन्तै काठमाडौ ल्याइयो ।

काठमाडौंको एक अस्पतालमा रगत परीक्षण गर्दा उनको रगतमा इन्सुलिन बनाउने प्याक्रियाज ग्रन्थी (बेटा ग्रन्थी) भत्किएर टाइप १ मधुमेह भएको पाइएपछि उनलाई थप उपचार सुरु गरियो । उपचार पश्चात्त बालिकामा अहिले टाइप १ मधुमेहको कुनै लक्षण देखिएको छैन भने उनको अवस्था पनि सामान्य बन्दै गएको छ । बालिकालाई मधुमेह हुनुमा अटो इम्युन डिजिज मुख्य कारक थियो ।

टाइप १ मधुमेहको जोखिम बालबालिकालाई धेरै हुने भएकोले पछिल्लो समय उमेर पुगेकालाई मात्र नभएर ससाना बालबालिकामा पनि मधुमेहको जोखिम बढ्दै गएको छ ।

टाइप १ मधुमेह तब हुन्छ, जब प्याक्रियाज  ग्रन्थी (बेटा ग्रन्थी) इन्सुलिन बनाउनमा असर्मथ हुने गर्छ ।  शरीरमा इन्सुलिन नामक हर्माेनको कमी भएमा शरीरमा भएको ग्लूकोज उर्जामा परिणत हुनसक्दैन । जसका कारण रगतमा ग्लूकोजको मात्रा बढी हुने गर्छ ।

ग्लूकोज आफैमा एक प्रकारको प्रकृतिक चिनी हो, जसले शरीरमा उर्जा स्रोतको रुपमा उपयोग गर्छ । ग्लूकोज खानाबाट प्राप्त हुन्छ र शरीरमा बढी भएको ग्लूकोज कलेजो तथा मांसपेशीको टिस्यूमा संग्रहित हुने गर्छ । र, शरीरलाई जुनबेला आवश्यक पर्छ, त्यतिबेला कलेजो तथा मांसपेशीले अतिरिक्त ग्लूकोज उर्जाको रुपमा जारी गर्छ ।

किन हुन्छ टाइप १ मधुमेह ?

टाइप १ मधुमेह एक अटोइम्यून रोग हो । यो रोग तब लाग्छ, जब शरीरको प्रतिरक्षा प्रणाली प्यानकि्रयाजको विटा ग्रन्थीमा हमला गरी विटा ग्रन्थीमा क्षति पुर्‍याउँछ। विटा ग्रन्थी इन्सुलिन बनाउने कोषिका हो । र, टाइप १ मधुमेह भएका मानिसले रगतमा ग्लूकोजको मात्रालाई नियन्त्रित गर्न पर्याप्त मात्रामा इन्सुलिन बनाउन सक्दैनन् । जसका कारण उनीहरुमा यस किसिमको समस्या निस्कने गर्छ ।

कसरी हुन्छ, टाइप १ डायविटिज ?

बच्चा तथा वयस्कहरुमा आम मानिने टाइप १ मधुमेह कुनै पनि उमेरका व्यक्तिलाई हुनसक्छ । विशेषगरी, कुनै परिवारमा आमा वा बाबुलाई मधुमेहको समस्या छ भने उनीहरुबाट जन्मने सन्तानलाई टाइप १ मधुमेह हुने सम्भावना उच्च हुन्छ ।

यो रोग टाइप २ मधुमेहको तुलनामा दश प्रतिशत भन्दा कमलाई हुने गर्छ । र, समयमै उपचार भएको खण्डमा यो रोग निको हुनसक्छ ।

चिसो ठाँउमा बसोबास गर्ने मानिसमा पनि यो रोग लाग्ने सम्भावना उच्च हुने गर्छ । त्यस्तै, केही एन्टीबडी भएका मानिसमा पनि मधुमेह रोगको जोखिम उच्च हुने गर्छ । टाइप १ मधुमेह भएमा यी लक्षणहरु देखा पर्छ ।

प्यास लाग्ने तथा लगातार पिसाब आउने

मधुमेह भएमा शरीरले एकत्रित भएका चिनीलाई मिर्गौलामार्फत बाहिर फाल्न सुरु गर्ने हुदाँ  मधुमेहमा पिसाबको समस्या अचानक बढ्ने गर्छ । र, पिसाब गर्दा शरीरको पानी समेत बाहिर जाने हुदाँ शरीरमा पानीको कमी भई मधुमेहका रोगीलाई बारम्बार प्यास लाग्ने गर्छ ।

अत्याधिक भोक

मधुमेह भएमा शरीरको क्यालोरी पिसाब मार्फत बाहिर निस्कने भएकोले शरीरले उक्त क्यालोरीलाई उर्जाको रुपमा प्रयोग गर्न असमर्थ हुने गर्छ ।जसले गर्दा मधुमेहका रोगीलाई अत्याधिक मात्रामा भोक लाग्ने गर्छ ।

तौल घट्ने

शरीरमा पानीको कमी भएमा शरीरकेा तौल अचानक कम हुने गर्छ । जसले गर्दा मधुमेहका विरामीलाई शरीरको तौल कम हुँदै गएको महसुस हुने गर्छ ।

थकान

उर्जा तथा पानीको कमी भएमा शरीरमा थकान महसुस हुन्छ । किनकी मधुमेह भएमा शरीरले खानालाई उर्जामा परिणत गर्न सक्दैन, जसका कारण शरीरमा उर्जाको कमी भई थकान महसुस हुने गर्छ ।

चिडचिडापन

टाइप १ मधुमेह भएमा चिडचिडापन हुने गर्छ । साथै, मानिसको व्यवहारमा समेत परिवर्तन आउने गर्छ ।

सास गन्हाउने समस्या

टाइप १ मधुमेहको लक्षणमध्य सास गन्हाउने समस्या पनि एक हो । विशेषगरी, टाइप १ मधुमेह भएमा सासबाट एक प्रकारको नमिठो गन्ध आउने गर्छ ।

धमिलो दृष्टि

जब मधुमेहले आँखाको लेन्सलाई हानी पुर्‍याउँछ, तब आँखा सुख्खा हुने गर्छ । परिणामस्वरुप, आँखाको आकार बद्लिने तथा आँखा धमिलो हुने गर्छ ।

टाइप १ मधुमेहमा भएमा कस्तो जटिलता निम्तिन सक्छ ?

टाइप १ मधुमेह भएमा यसले शरीरका विभिन्न अंगहरुलाई प्रभावित पार्न सक्छ ।

-हृदयाघातको खतरा

-आँखा सम्बन्धि समस्य

-नशा सम्बन्धि समस्या

-छालाको संक्रमण

-उच्च रक्तचाप

-उच्च कोलेस्ट्रोल

पाचन तन्त्र सम्बन्धि समस्या

उपचार विधि 

टाइप १ मधुमेहलाई उपचारद्धारा निको पार्न सकिन्छ । जो मानिसलाई मधुमेह सम्बन्धि समस्या छ उनीहरुले खानपानमा विशेष सावधानी अपनाएर स्वस्थ जीवन बाच्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment