+

इन्सुलिन लिँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरामा

२०८२ साउन  ११ गते १२:१० २०८२ साउन ११ गते १२:१०
Shares
इन्सुलिन लिँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरामा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधुमेह चार प्रकारमा वर्गीकृत छ: टायप १, टायप २, गर्भावस्थामा हुने मधुमेह, र अन्य रोगसँग सम्बन्धित मधुमेह।
  • टायप १ मधुमेहको उपचार इन्सुलिन थेरापीबाट गर्नुपर्छ भने टायप २ मधुमेहमा जीवनशैली परिवर्तन वा औषधिले ननियन्त्रित भए इन्सुलिन अनिवार्य हुन्छ।
  • इन्सुलिन प्रयोग गर्दा चिकित्सकको सिफारिस अनुसार मात्रामा लिनुपर्छ र सावधानीपूर्वक जीवनशैली अपनाउनु आवश्यक हुन्छ।

मधुमेह एउटा दीर्घकालीन ग्लुकोज चयापचयसँग सम्बन्धित रोग हो । यसलाई चार प्रकारमा वर्गीकृत गरिएको छ ।

१. टायप १ मधुमेह : यसलाई इन्सुलिन आश्रित मधुमेह भनिन्छ । बाल्यवस्थामा सुरु हुने मधुमेह वा जुवेनाइल डायबेटिज पनि भनिन्छ ।

२. टायप २ मधुमेह : इन्सुलिन अनाश्रित मधुमेह भनेर चिनिने यो मुख्यतया व्यस्कहरूमा देखिन्छ र मोटोपनासँग सम्बन्धित हुन्छ ।

३. गर्भावस्थामा हुने मधुमेह : गर्भधारणको क्रममा देखिने विशेष प्रकारको मधुमेह हो ।

४. अन्य रोगसँग सम्बन्धित मधुमेह : यसमा प्यान्क्रियाजको रोग, कुपोषण, सिस्टिक फाइब्रोसिस, हेमाक्रोमाटोसिस, कुसिङ सिन्ड्रोम, पोलिसिस्टिक ओभरी सिन्ड्रोम वा प्यान्क्रियाजको क्यान्सरले उत्पन्न मधुमेह यस अन्तर्गत पर्छ ।

यीमध्ये टायप १ मधुमेहको उपचार इन्सुलिन थेरापीबाटै गर्नुपर्छ भने टायप २ मधुमेहमा पनि यदि जीवनशैली परिवर्तन वा औषधिले रक्तग्लुकोज नियन्त्रणमा नआएमा इन्सुलिन प्रयोग गर्नु अनिवार्य हुन्छ ।

इन्सुलिन कसले लिने ?

१. गर्भवती मधुमेहपीडित महिलाहरू, जब औषधिले ग्लुकोज नियन्त्रणमा आउँदैन ।

२. औषधिले रगतमा ग्लुकोज नियन्त्रण नभएका टायप २ मधुमेह भएका व्यक्तिहरू ।

३. मधुमेहका कारण हृदय, मिर्गौला, आँखा, नशा, खुट्टामा समस्या आएका बिरामीहरू ।

४. टायप १ मधुमेह र कुपोषणजन्य मधुमेह भएका व्यक्तिहरू ।

५. दीर्घकालीन वा एडभान्स मधुमेहको अवस्था भएका बिरामीहरू ।

इन्सुलिन कसरी लिने ?

१. चिकित्सकले सिफारिस गरेअनुसारको मात्रामा मात्र इन्सुलिन लिनुपर्छ ।

२. इन्सुलिन लिन सुई या इन्सुलिन पेन प्रयोग गर्न सकिन्छ, इन्सुलिन पेन सरल र प्रयोगमा सजिलो हुन्छ ।

३. खाना खानुभन्दा १०–१५ मिनेटअघि इन्सुलिन लिनुपर्छ (खासगरी र्‍यापिड -एक्टिङ इन्सुलिनमा) ।

४. यदि एकपटक इन्सुलिन लिन छुट्यो भने अर्को पटक दोब्बर डोज लिनुहुँदैन ।

५. दुई डोजबीच कम्तीमा १०–१२ घण्टाको अन्तर हुनुपर्छ ।

६. इन्सुलिनलाई चिसो र सुक्खा ठाउँमा राख्नुपर्छ (५–८ डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ) ।

७. इन्सुलिन लगाउने स्थान बारम्बार बदल्नुपर्छ । जस्तै:- पेट, हात, जाँघ, नितम्ब आदि, जसले छालामा गाँठो बस्ने समस्या हुन दिँदैन ।

८. इन्सुलिन प्रयोग गर्नुअघि हात धुनुपर्छ र सुई सफा हो भएको सुनिश्चित हुनुपर्छ ।

९. म्याद सकिएको छ, छैन हेर्नुपर्छ- म्याद गुज्रिएको इन्सुलिनले काम गर्दैन ।

१०. खाली पेटमा इन्सुलिन नलिने, विशेष गरी र्‍यापिड-एक्टिङ इन्सुलिन– यसले रक्त-ग्लुकोज अत्यधिक घटाउन सक्छ ।

११. हाइपोग्लाइसेमिया ( ब्लड सुगर कम हुने) बाट जोगिनुपर्छ : इन्सुलिन लिने व्यक्तिहरूले रगतमा ग्लुकोज अत्यधिक घट्ने समस्याबाट जोगिन विशेष ध्यान दिनुपर्छ । पसिना आउनु, काम छुट्नु, अत्यधिक भोक लाग्नु, चक्कर लाग्नु, बोल्न गाह्रो हुनु, होस् हराउनु जस्ता लक्षणहरू देखिएमा तुरुन्त ग्लूकोज, चिनी वा गुलियो पदार्थ खुवाउनु आवश्यक हुन्छ । आवश्यक परेमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।

१२. सधैं ग्लुकोज ट्याब्लेट वा चिनीसहितको स्न्याक्स साथमा बोक्नुपर्छ, विशेष गरी यात्रा वा लामो समय घरबाहिर हुँदा ।

१३. सावधानी र जीवनशैली पनि उत्तिकै जरुरी हुन्छ । इन्सुलिन सुरु गरेपछि पनि सन्तुलित आहार, नियमित व्यायाम, प्रशस्त निन्द्रा र तनाव व्यवस्थापन अत्यावश्यक हुन्छ ।

१४. प्रयोग गरिएको सुईलाई सुरक्षित रूपमा नष्ट गर्नपर्छ । नाङ्गो रूपमा फाल्दा संक्रमणको जोखिम हुन्छ ।

१५. इन्सुलिन लिने व्यक्तिमा भने नियमित ब्लड सुगर परीक्षण गर्ने र चिकित्सकसँग परामर्श लिइरहनुपर्छ ।

१६. चिकित्सकको सल्लाहमा सही तरिकाले, सही मात्रामा र सही समयमा इन्सुलिन प्रयोग गर्दा मधुमेह नियन्त्रित रहन सक्छ र जीवन गुणस्तरीय बन्छ ।

इन्सुलिन मधुमेह
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

इन्सुलिन लिँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरामा

इन्सुलिन लिँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरामा

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

आलु र चामल : कुन खाँदा तौल छिटो बढ्छ ?

आलु र चामल : कुन खाँदा तौल छिटो बढ्छ ?

मखाना, चिया सिड र आलसलाई किन सुपरफुड भनिन्छ ?

मखाना, चिया सिड र आलसलाई किन सुपरफुड भनिन्छ ?

कुकुरले संकेत गर्न सक्छन् मालिकलाई क्यान्सर भएको कुरा, के भन्छ अध्ययन ?

कुकुरले संकेत गर्न सक्छन् मालिकलाई क्यान्सर भएको कुरा, के भन्छ अध्ययन ?

कुनै परिवारमा छोरा मात्रै र कुनैमा छोरी मात्रै किन जन्मिन्छन् ?

कुनै परिवारमा छोरा मात्रै र कुनैमा छोरी मात्रै किन जन्मिन्छन् ?