+

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

२०८२ साउन  ९ गते १३:०२ २०८२ साउन ९ गते १३:०२
Shares
हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तरल आहार जस्तै पानी, सुप, जुसलाई पचाउन शरीरलाई १ देखि २ घण्टा लाग्छ।
  • अर्धठोस खाना जस्तै खिचडी, दाल, उमालेको अण्डा पचाउन १ देखि २ घण्टा लाग्छ।
  • ठोस खाना जस्तै रोटी, मासु, फलफूल पचाउन शरीरलाई ४ देखि ६ घण्टा आवश्यक हुन्छ।

हरेक दिन हामी खाना खान्छौँ किनभने हाम्रो शरीरलाई आवश्यक पोषक तत्त्व र ऊर्जा खानाबाट नै प्राप्त हुन्छ । यही आधारमा हामीले खानालाई विभिन्न श्रेणीमा विभाजन गरेका छौँ, जस्तै– स्वस्थ खाना र अस्वस्थ खाना, ठोस खाना र तरल खाना, छिट्टै पच्ने खाना र ढिलो पच्ने खाना आदि । यही आधारमा हामी आफ्नो खानाको योजना बनाउँछौँ । तर कहिल्यै सोच्नुभएको छ, पेटले खानालाई कसरी पचाउँछ ? खाना पचाउन कति समय लाग्छ ?

तरल आहार पचाउन कति समय लाग्छ ?

तरल आहार ती हुन् जसलाई सजिलै पिउन सकिन्छ, जस्तै पानी, सुप, जुस, पातलो खिचडी वा पातलो दाल । यिनमा फाइबर कम हुन्छ र शरीरले यिनलाई छिट्टै पचाउँछ । जब शरीरलाई पानीको मात्रा वा आरामको आवश्यकता हुन्छ, यी धेरै फाइदाजनक हुन्छन् ।

यदि कुनै पनि प्रकारको तरल खाना वा पेय पदार्थ खाइन्छ भने, त्यसलाई पचाउन १ देखि २ घण्टा समय लाग्छ । पानी र जुस जस्ता स्पष्ट तरल पदार्थहरू छिट्टै पच्छन् । जब कि पातलो खिचडी वा दालको सुप पच्न अलि बढी समय लाग्छ ।

तरल आहार पचेन भने ?

कहिलेकाहीँ यस्तो हुन्छ कि, केही मानिसहरूको पेटमा तरल खाना अडिंदैन वा पच्दैन ।  यस्तो अवस्थामा पेट फुल्ने, ग्यास, वाकवाकी वा झाडापखाला हुन सक्छ । लामो समयसम्म यस्तो रह्यो भने कमजोरी र डिहाइड्रेसनको खतरा हुन्छ । त्यसैले झाडापखाला लाग्दा हामीलाई पातलो खिचडी मात्र खान सल्लाह दिइन्छ ।

तरल आहार कहिले लिनुपर्छ ?

केही मानिसहरूले आफ्नो आहारमा तरल पदार्थ धेरै राख्छन्, तर यो रोग, थकान, शल्यक्रिया पछि, गर्मीमा वा व्यायामपछि लिनु फाइदाजनक हुन्छ । उपवासको समयमा पनि यो राम्रो विकल्प हो ।

तरल आहार कहिले लिनु हुँदैन ?

मधुमेहका बिरामीहरूले गुलियो जुसबाट बच्नुपर्छ ।  मिर्गौलाको रोगमा पनि तरल पदार्थको मात्रा नियन्त्रित गर्नुपर्छ । लगातार तरल आहार मात्र लिँदा पोषणको कमी हुन सक्छ । त्यसैले धेरै मात्रामा तरल पदार्थको सेवन गर्नु हुँदैन ।

अर्ध ठोस खाना के हो ?

अर्ध टोस खाद्य पदार्थहरू  न पूर्ण रूपमा ठोस हुन्छन् न त पूर्ण रूपमा तरल, तिनलाई ‘सेमी–सोलिड’ खाना भनिन्छ । जस्तैः खिचडी, दाल, उमालेको अण्डा, दही, उमालेका तरकारीहरू वा म्याश गरिएको आलु आदि ।

अर्ध–ठोस खाना पचाउन शरीरलाई कति समय लाग्छ ?

अर्धठोस खानालाई पचाउन हाम्रो शरीरले १ देखि २ घण्टा लिन्छ ।  यदि बोसो वा फाइबरको मात्रा धेरै छ भने समय अलि बढ्न सक्छ । यस्ता खानेकुरा कति खाइएको छ भन्नेमा पनि निर्भर हुन्छ । त्यसैले भनिन्छ, जति शरीरले पचाउन सक्छ, त्यति मात्र खानुपर्छ ।

यस्ता खाना नपचे भने के हुन्छ ?

यस्तो प्रकारको अर्धठोस खाना नपचेमा पेट भारी भएको महसुस हुन सक्छ र ग्यास वा कब्जियत हुन सक्छ । यी सबै संकेतहरूले पाचन प्रक्रिया सुस्त भएको वा इन्जाइमको कमी भएको संकेत गर्छ ।

अर्धठोस खाना कहिले खानुपर्छ ?

बिरामी भएपछि, शल्यक्रियाबाट निको हुँदै गर्दा, दाँतको समस्या भएको बेला वा पाचन प्रणाली कमजोर भएको बेला अर्ध ठोस खाना फाइदाजनक हुन्छ । यो खानाले शरीरलाई आराम दिन्छ र साथै ऊर्जा पनि प्रदान गर्छ ।

अर्धठोस खाना कहिले नखाने ?

यदि डाक्टरले केवल तरल आहारको सल्लाह दिएका छन् वा पेट खराब भएको छ भने सेमी–सॉलिड खाना खानुहुँदैन ।  दूधबाट बनेका खाद्य पदार्थहरूले ल्याक्टोज असहिष्णुता भएकाहरूलाई समस्या हुन सक्छ । यस्तो अवस्थामा यस्ता खानेकुराहरू खानबाट जोगिनुपर्छ ।

ठोस खाद्य पदार्थहरू के हुन् ?

यस्ता खाद्य पदार्थहरू जसलाई चपाउनु आवश्यक हुन्छ, जस्तै रोटी, चामल, तरकारी, दाल, मासु, फलफूल वा नट्स ।  यिनमा प्रोटिन, फाइबर र पोषक तत्वहरू प्रशस्त हुन्छन्, जसले शरीर र पाचनलाई राम्रो बनाउँछ ।

पचाउन कति समय लाग्छ ?

यस्ता ठोस खाना खाएपछि त्यसलाई पचाउन शरीरलाई ४ देखि ६ घण्टा चाहिन्छ ता कि भित्र गएको खानालाई राम्ररी पचाउन सकियोस् ।  यिनमा भएको प्रोटिन र फाइबरले यिनलाई बिस्तारै पच्ने बनाउँछ, जसले शरीरलाई स्थायी ऊर्जा प्रदान गर्छ ।

यदि यो खाना पचेन भने ?

ठोस खानाहरू धेरै मानिसहरूका लागि खान र पचाउनमा समस्या उत्पन्न गर्न सक्छन् ।  यस्तो अवस्थामा एसिडिटी, पेट दुख्ने, ग्यास वा कब्जियत हुन सक्छ । साथै, लामो समयसम्म यस्तो रह्यो भने पाचन प्रणाली र पोषण दुवै प्रभावित हुन्छन् ।

ठोस खाना कहिले आवश्यक हुन्छ ?

जब व्यक्ति पूर्णरूपमा स्वस्थ हुन्छ, सक्रिय जीवनशैली हुन्छ र पाचन ठिक हुन्छ, तब यस्ता ठोस खानाहरू खान ठिक हुन्छ ।  यो खानाले मांसपेशीलाई बलियो बनाउँछ र रोग प्रतिरोधात्मक क्षमतालाई सहयोग गर्छ ।

ठोस खाना कहिले नखाने ?

ज्वरो, झाडापखाला, वाकवाकी, शल्यक्रिया वा आन्द्रामा सुन्निने समस्या भएको अवस्थाहरूमा यस्ता खानाहरूबाट बच्नुपर्छ ।  त्यस्तो समयमा तरल वा अर्ध–ठोस खाना राम्रो हुन्छ ।

खाना पाचन
प्रा.डा. मनोज कुमार शाह
लेखक
प्रा.डा. मनोज कुमार शाह
पेट तथा कलेजो रोग विशेषज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय