काठमाडौं । बंगलादेशसँग टेष्ट र एकदिवसीय सिरिज खेल्ने जिम्बाब्वेको टोलीमा सिकन्दर राजा थपिएका छन् ।
अनुशासन लगायतका कारण देखाएर जिम्बाब्वे क्रिकेटले हालै मात्र राजासँग सम्झौता नगर्ने निर्णय गरेको थियो । साथै दक्षिण अफ्रिकासँगको एकदिवसीय र टी-२० टिममा पनि उनलाई राखिएको थिएन ।
तर, जिम्बाब्वे क्रिकेटको कन्ट्राक्ट कमिटीसँगको छलफलपछि विवाद मिलेको छ । विवाद छिट्टै सल्टाएकोमा जिम्बाब्वे क्रिकेटलाई धन्यवाद दिँदै राजाले भनेका छन्, म यसलाई बर्सिन चाहन्छु र क्रिकेटमा रमाउन चाहन्छु ।’
जिम्बाब्वे क्रिकेटका कामु प्रबन्ध निर्देशकले पनि उत्कृष्ट मध्येका एक खेलाडी मैदान फर्किएकोमा खुसी व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4