चलचित्र ‘कोहलपुर एक्सप्रेस’को निर्माण, प्रदर्शन र विदेश यात्रा सकेपछि नायिका केकी अधिकारीको चर्चा मिडियामा खासै सुनिदैन । आफैले निर्माण गरेकाले पनि केकी अधिकारी चलचित्रको लागि खुबै दौडिइन् । उनले, चलचित्रको कामको प्रेसरमा आफू किन फेन्ट नभएको होला भनेर आफैलाई प्रश्न पनि गरिन् ।
उनै, केकी अधिकारी अब ‘कोहलपुर एक्सप्रेस’को दौडधुपबाट बाहिर निस्किएकी छिन् । उनै, केकी यतिबेला नयाँ चलचित्र ‘सरकारी जागिर’को छायांकनमा व्यस्त छिन् ।
अनलाइनखबरलाई प्राप्त खबर अनुसार, यो चलचित्रमा केकी अधिकारीको साथमा नायिका गौरी मल्ल, रीमा विश्वकर्माले काम गरिरहेका छन् । साथमा, नायकद्धय कर्मा, संयम पुरी, कलाकार रमेश रञ्जन झाले पनि चलचित्रमा काम गरिरहेका छन् । चलचित्रको छायांकन सुरु भएको २ साता बढी भैसकेको छ ।
नरेन्द्र मैनालीले यो चलचित्र खिचिरहेका छन् । चलचित्रलाई अमित प्रधान र अदिप पं्रधानले संयुक्त रुपमा निर्देशन गरिरहेका छन् । सामाजिक कथावस्तुमा यो चलचित्र निर्माण भैरहेको छ । चलचित्रको बिषयमा अहिले विस्तृत कुरा सार्वजनिक नगर्ने योजनामा यसको निर्माणपक्ष रहेको छ ।
प्रतिक्रिया 4