+
+
Shares

चाडपर्व नजिकिएसँगै महोत्तरीमा बढे चोरीका घटना

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते १६:०५

१२ असोज, महोत्तरी । चाडपर्व नजिकिएसँगै महोत्तरीमा बिभिन्न चोरीका घटनाहरु बढेका छन् भने चोरी पनि थरीथरीका हुने गरेको छ ।

त्यस्तै महोत्तरी प्रहरीले दुई मदिरा (रक्सी) चोरहरु पक्राउ गरेको छ । प्रहरी दुई जनालाई महोत्तरीको छुट्टाछुट्टै दुई स्थानबाट मदिरासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा भंगाहा नगरपालिका १ सिङ्गयाही बस्ने रामजी मण्डल र राजकुमार मण्डल रहेका छन् ।

पक्राउ परेका दुबै जनाले बलवा नगरपालिका-११ भगवतपुर बजारमा गोपाल मिश्रले सञ्चालन गरेको मदिरा पसलबाट विभिन्न ब्राण्डका मदिरा-रक्सी) र नगद ५ हजार चोरी गरेको महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्ऽ खड्काले जानकारी दिए ।

चोरीमा संलग्न दुवै जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ भने उनीहरुको साथबाट १० बोतल रुस्लान भोड्का (ठूलो) १ बोतल, डाइलेक्स २ बोतल, लागू औषध नाइट्रोभेट ट्याबलेट २५ पिससहित बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत महोत्तरीबाट अनुसन्धानको लागि म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?