+
+
Shares

विश्व मुटु दिवसको अवसरमा नर्भिकले निकाल्यो प्रभातफेरि

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते १८:२४

११ असोज, काठमाडौ । विश्व मुटु दिवसको पूर्वसन्ध्यामा नर्भिक इन्टरनेशनल अस्पतालले शुक्रवार काठमाडौंमा प्रभातफेरि निकालेको छ ।

कार्यक्रममा नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्रा.डा. यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी करिब २०० जना सहभागिता थियो ।

प्रभातफेरि बिहान ७ः०० बजे नर्भिकको प्राङ्गणबाट सुरु भइ बबरमहल, अनामनगर, थापागाउँ, मध्य बानेश्वर / महादेवस्थान, अनामनगरबाट बबरमहल हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो ।

माननीय स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा नर्भिकले विश्व मुटु दिवसको औपचारिक कार्यक्रम शनिवार आयोवजना गर्ने जनाएको छ । जसअन्तर्गत भोलि विहान ८ः०० वजेदेखि १०ः०० बजेसम्म मुटुरोग, यसका जटिलताहरु, रोकथामका उपायहरु, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानीहरु, जीवन बचाउका उपायहरु आदि बारे विरामी पक्षलगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिइने कार्यक्रम रहेको छ ।

प्रशिक्षण प्रा.डा भट्टसहितको मुटुरोग विशेषज्ञहरुको टोलीले नर्भिक अस्पतालको ओ.पी.डी विभागमा दिने कार्यक्रम रहेको छ ।

विश्व मुटु दिवस यस वर्ष विश्व सेप्टेम्बर २९ तारिखका दिन विश्वमुटु महासंघका विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइदैछ । यो दिवस विश्व मुटु महांसघको आवहानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको हो ।

दिवसमा संसारभर बृहत् मुटु परीक्षण शिविरहरू, वैज्ञानिक एवम् चिकित्सकीय गोष्ठी तथा कार्याशालाहरू एवम् जनचेतनाको अभिवृद्धि गराउने खालका प्रबचनलगायत प्रभातफेरि जस्ता कार्यक्रमहरू गरिन्छन् ।

विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् ।

हाल उक्त संख्या बढेर झण्डै २ करोड पुग्न लागेको अनुमान छ । तसर्थ मुटुरोगलाई संसारकै एक नम्बरको ज्यानमारा मानिन्छ । अर्कोतर्फ मुटुजन्य रोग लागी त्यसले ज्यान नलिए पनि अङ्गभङ्ग हुने लगायतका अन्य जटिलताहरू समेत निम्त्याउने गर्दछ ।

हाल विश्वमै मानव मृत्युको प्रमुख कारण हुँदै त्यसले सिर्जना गर्ने सामाजिक र आर्थिक बोझमा पनि मुटुजन्य रोगजस्ता नसर्ने रोगको हिस्सा एक नम्बरमै रहेको छ ।

यो विकराल समस्याबाट जोगिने भनेकै मानिसहरूलाई रोग लाग्नबाट कसरी बचाउने भन्ने हो । यसमा जनचेतनाको अत्यन्तै ठूलो भूमिका रहन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?