+
+
Shares

गृहमन्त्रीले गरे अस्थायी प्रहरी बिटको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते २१:०८

१२ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा अस्थायी प्रहरी बिटको उद्घाटन गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका र माकलबारी टोल सुधार समितिको सहकार्य तथा स्थानीय संघसंस्था र जनताको सहभागितामा ८ लाख ७४ हजार ३ सय ७० रुपैयाँको लागतमा निर्माण गरिएको अस्थायी प्रहरी बिटको गृहमन्त्रीले उद्घाटन गरेका हुन् ।

बिटको उद्घाटन गर्दै उनले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा लिइ जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन नवनिर्मित बिटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

आमनागरिकको सहकार्यमा निर्माण भएको उक्त बिट उदाहरणीय कार्य रहेको चर्चा गर्दै गृहमन्त्री थापाले जनअपेक्षा र आवश्यकता अनुरुप नेपाल सरकार विकास तथा पूर्वाधार निर्माणमा क्रियाशील रहेको जनाए ।

थापाले लागूऔषध, गुण्डागर्दी, ठगी, भष्ट्राचार जस्ता समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी सुशासन कायम गर्न प्रहरी र स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको पनि बताएका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य वरिष्ठ प्रहरी अधिकृतहरु पनि उपस्थित थिए ।

उक्त अवसरमा ३ नम्बर क्षेत्र काठमाडौंका सांसद कृष्ण राई, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, प्रगति महिला समूहकी अध्यक्ष फूलमाया तामाङ र समाजसेवी कृष्ण केसीले समेत मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?