Comments Add Comment

फेसबुकमा फेरि पनि चोरी, पाँच करोड प्रयोगकर्ताको डाटा ह्याक

१३ असोज, काठमाडौं । सामाजिक सन्जाल फेसबुकको डाटा फेरि चोरी भएको छ । करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ ।

ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको हो । फेसबुकका अनुसार यसको आन्तरिक जाँच भइरहेको छ । कम्पनीका अनुसार ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरे । यसैमार्फत युजर अकान्टमा छिरेर डाटा चोरी गरेको पाइएको छ ।

‘भ्यू एज’ फेसबुकको लोकपि्रय फिचर हो । यसमार्फत् कुनै पनि फेसबुक प्रयोगकर्ताको प्रोफाइल हेर्न सकिन्छ । डाटा चोरी भएको घटना सार्वजनिक भएपछि यो फिचरलाई अहिले डिसेबल गरिएको छ ।

फेसबुकका प्रोडक्ट म्यानेजमेन्टका उपप्रमुख गाई रोजनले आफ्नो ब्लगमा लेखेका छन्, ‘२५ सेप्टेम्बर दिउँसो हाम्रो इन्जिनियरिङ टीमलाई ह्याक भएको जानकारी भयो । त्यतिबेलासम्म पाँच करोड प्रयोगकर्ताको डाटा चोरी भइसकेको थियो । हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौं ।’

फेसबुकका अनुसार भ्यू एज फिचरमार्फत् ह्याकर भित्र घुस्न सफल भएको थियो । यसमार्फत् फेसबुकको एक्सेस टोकन चोरी गरियो र युजर अकाउन्टलाई उनीहरुले केहीबेरसम्म आफ्नो कन्ट्रोलमा राखे ।

एक्सेस टोकन के हो ?

एक्सेस टोकन डिजिटल की जस्तै हो । यसको मार्फत् युजरलाई पटक पटक लगइन गरिरहन आवश्यक पर्दैन । फोनमा एक पटक एप्लीकेसन डाइनलोड गरेपछि उसले केबल एक पटक मात्र पासवर्ड माग्दछ र प्रयोगकर्ताले आफ्नो पासवर्ड राखेपछि आफ्नो अनुकुल प्रयोग गर्न सक्दछ ।

ह्याकरले यसैको फाइदा उठाए । निजी कम्प्युटर वा ल्यापटपमा पनि धेरै व्यक्तिले फेसबुक लगइन गरेपछि फेरि लगआउट गर्दैनन् । प्रयोगकर्ताको यही गल्तीबाट ह्याकरले डाटा चोर्न सफल भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment