+
+

शिक्षा मन्त्रालयले भन्योः डा. केसी सम्पर्कमै आएनन्

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते १९:४५

१३ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न डा. गोविन्द केसी सम्पर्कमै नआएको बताएको छ ।

आफूसँग भएको सहमतिअनुसार विधेयक अगाडि बढाउन अवरोध गरेको भन्दै डा. केसीले शुक्रबार मात्र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा मागेका थिए । तर, मन्त्रालयले भने डा. केसीसँग भएको सहमतिअनुसार विधेयक अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएको छ ।

सहसचिव हरिप्रसाद लम्सालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘११ गते बेलुकी डा. केसीलाई सम्पर्क गर्न प्रयास गरेँ । तर, टेलिफोनमा सम्पर्क हुन सकेन ।’

आफूले ओमप्रकाश अर्याल र अभिशेक सिंहलाई फोन गरेर मन्त्रीले डा. केसीलाई भेट्न खोजेको जानकारी गराएको तर, दुबैले असमर्थता जनाएको लम्सालले बताए । डा. केसीलाई सम्पर्क गर्ने प्रयास भने सफल नभएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?