+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

भन्सार छलीका कपडासहित दुई मोटरसाइकल बरामद

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १०:४९

१६ असोज, कैलाली । सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइँदै गरेको कपडासहित दुई थान मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, कैलाली ३४ नम्बर गणले कैलालीको घोडाघोडी नगरपालिका–७ विजुलिया पुलबाट रेडिमेड कपडाहरु बोकेर आउँदै गरेका से. ४ प ३९०८ र से. ४ प २०३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएका गणका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद भट्टले जानकारी दिए ।

नियन्त्रणमा लिई भन्सार बुझाइएका २ थान मोटरसाइकलसहित सामानहरुको मूल्य २ लाख ३९ हजार ८ सय रुपैयाँ कायम गरिएको डीएसपी भट्टले जानकारी दिए ।

गणले यसअघि गत असोज ६ गते सोही स्थानबाट दुई थान मोटरसाइकल र रेडिमेड कपडाहरु नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको थियो ।

खुला सिमानाका सीमित जनशक्तिका कारण चोरी तस्करी नियन्त्रणमा केही चुनौती रहेकाले आफू मातहतका सबै युनिटहरुलाई कडाइ गर्न निर्देशन दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?