+
+

आश्माका लागि आकाश र विल्सनको लडाई, ‘ड्रिम गर्ल’ ट्रेलर यस्तो बन्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १३:२७

मंसिर ७ गतेलाई प्रदर्शन मिति तय भएको चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज गरिएको छ । असोज १९ गतेबाट प्रदर्शन मिति सरेर यो चलचित्र मंसिर ७ मा पुगेको हो ।

ऋषिराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रको शिर्ष भूमिकामा नव-नायिका आश्मा गिरीलाई देखाइएको छ । उनका लागि नायक आकाश श्रेष्ठ र कलाकार विल्सन विक्रम राइको झगडा चलचित्रमा देख्न सकिन्छ ।

चलचित्रमा सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित, पूजा पराजुली, शिशिर भण्डारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

आर बी मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्र निर्माणमा रियल एन्ड रिल सिनेमाले सहकार्य गरेको छ । चलचित्रमा अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धितालको लगानी छ ।

राहुल शर्मा र रामेश्वर हुमागाँइको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, नविन मल्लको सम्पादन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन छ ।

चलचित्रले ‘ड्रिम गर्ल’का लागि २ मानिसको लडाइलाई उठान गरेको निर्देशक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?