+
+
Shares

सायल गाउँपालिकाको निर्णयः एकल पुरुष र टुहुरा बालबालिकालाई मासिक भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १४:२९

असोज १६, डोटी । डोटीको सायल गाउँपालिकाले  एकल पूरुष र टुहुरा बालबालिकालाई मासिक भत्ता दिने निर्णाय गरेको छ ।

बिशेष गाउँसभाबाट एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरूप मासिक पाँच सय रूपैयाँ दिने निर्णय गरिएको अध्यक्ष तेजबहादुर डुम्रेले जानकारी दिए ।

गैरदलितलाई ६० वर्ष र दलितलाई ५० वर्ष पूरा भएपछि सामाजिक सुरक्षा भत्ता स्वरुपमा प्रत्येक महिना पाँच सय रुपैँया दिने सायल गाउँपालिकाले निर्णय गरेको हो ।

एकल महिला मात्र नभएर एकल पुरुषलाई पनि समस्या हुने भन्दै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डुम्रेलको भनाइ छ ।

यस्तै गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका टुहुरा बालबालिकाहरुलाई पढाइ खर्च स्वरुप प्रत्येक महिना एक हजार पाँच सय रुपँयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ ।

गाउँपालिकाले बिशेष गाउँसभाबाट गरेको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष बिस्ना सिंहले बताइन् ।

गाउँसभाको यस निर्णयले आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइ निरन्तर दिनका लागि सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको उपाध्यक्ष सिंहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?