१६ असाेज, काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे ले दशैंलार्इ लक्षित गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेकाे छ ।
असोज २८ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जनाभन्दा बढीले पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।
इसेवाको बम्पर उपहारमा एक जनाले थाइल्याण्डको बैंकक यात्राको लागि सस्तो टिकट मार्फत दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् । कम्पनीका अनुसार प्रथम उपहारका बिजेताले समिट रिभर लजमा एक जोडीलाई एक रात दुई दिनको प्याकेज प्राप्त गर्न सक्नेछन् ।
द्धितिय पुरस्कारमा दुई जनाले इसेवापसलमारू १० हजार बराबरको सपिङ भौचर तथा तृतिय पुरस्कारमा तीनजनाले टाइटनको घडी जित्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यसैगरी अन्य पुरस्कारमा २ सय ५० जनालाई ५०१ रूपैयाँका दरले इसेवामा ब्यालेन्स्, १० जनालाई मनिक्यूर र पेडिक्यूर सेट, ५ जनालाई आकर्षक ज्याकेट,५ जनालाई २४ सय बराबरको मिडास इक्लास,५ जनालाई १ हजार बराबरको र अन्य ५ जनालाई ५ सय रुपैयाँ बराबरको फुड कुपन पाउने कम्पनीले जनाएको छ ।
यी पुरस्कार हरेक ३/३ दिनमा ५६ जनाका दरले वितरण गरिने र पहिलो ३ दिनका विजेताहरूको नाम भने सोमबार घोषणा गरिएको कम्पनीले जनाएको छ । यो योजना अनुसार कुनैपनि सदस्य बैंक अथवा नजिकैको इसेवा क्यास पोइन्टबाट रकम जम्मागरि आर्कषक उपहार जित्ने कम्पनी बताउँछ ।
इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट सय रुपैयाँ वा सो भन्दा बढि रकम लोड गर्ने उपभोक्ता सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4