Comments Add Comment

६ वर्ष गुफाबास गरेको भेंडा बाहिर निस्किँदा यस्तो !

सन् १९९७ मा न्युजिल्याण्डमा एउटा भेंडा भागेर गुफामा लुक्योे । स्थानीय एक भेंडा फार्ममा रहेका १७ हजार भेंडामध्ये एउटा जिद्दी र डरपोक भेंडा थियो त्यो । जब ऊन काढ्नका लागि भेंडाहरुलाई बाहिर निकालिएको थियो, त्यहीँ बेला त्यो भेंडा गुफाभित्र छिरेको थियो । गुफाभित्र पसेसँगै त्यो भेंडा मालिकको आँखा छल्दै ६ वर्षसम्म गुफाभित्रै बस्यो ।

जब ६ वर्षपछि भेंडालाई मानिसहरुले गुफामा फेला पारे, तब त्यो कुनै भेंडा हो भनेर छुट्टाउनै नसकिने अवस्थामा थियो । ४ वर्षको उमेरमा गुफा पसेको भेंडा १० वर्षको उमेरमा बाहिर निस्किँदा जिउमा २०जना मानिसलाई शुट बनाउन पुग्नेजति ऊन पालेको थियो ।

भेंडाको शरीरमा ६० पाउण्ड ऊन जम्मा भएको थियो र भेंडाको जिउ नै उनको डल्लाजस्तो भएको थियो ।

भेंडाको उनले ढाकिएर डल्लोजस्तै बनेको त्यो भेंडाको तस्वीर त्यसबेला खुबै चर्चित बनेको थियो । चर्चासँगै यो भेंडाको नाम श्रेक राखिएको थियो, जुन एउटा एनिमेटेड फिल्मको पात्रको नाम हो । भेंडा सेलिब्रेटी नै बन्यो र उसको जिउबाट काढिएको ऊन महंगोमा लिलाम भयो ।

सन् २०११ मा बिरामी परेर उक्त भेंडाको मृत्यु भयो । उक्त भेंडाको मृत्युमा न्युजिल्याण्डमा कुनै राजनेताको मृत्युजस्तै गरी शोक मनाइएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment