+
+

के यी दुई वैज्ञानिकले क्यान्सरको उपचार संभव तुल्याउनेछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते १६:५७

मानव शरीरको रोग प्रतिरोधी प्रणाली प्रयोग गरेर क्यान्सरलाई निष्प्रभावी बनाउनका लागि दुई वैज्ञानिकले एक नयाँ उपचार विधि पत्ता लगाए ।

क्यान्सर रोगसँग लड्न प्रभावकारी मानिएको यो उपचार विधिको लागि उनीहरुलाईं संयुक्त रुपमा यो वर्षको फिजियोलोजी -चिकित्साशास्त्र)को नोबेल पुरस्कार दिइएको छ ।

अमेरिकाका प्रोफेसर जेम्स पी एलिसन र जापानी प्रोफेसर हान्जोले यो काम गरेका हुन् । उनीहरुको यो उपचारलाई ‘चेकप्वाइन्ट थेरापी’ नाम दिइएको छ ।

नोबेल पुरस्कार प्रदान गर्ने स्विडिस एकेडेमीले भनेको छ, ‘इम्युन चेकपोइन्ट थेरापीले क्यान्सरको उपचारमा क्रान्तिकारी परिवर्तन गरेको छ । विशेषज्ञहरुका अनुसार यो धेरै प्रभावकारी साबित भएको छ ।’

टेक्सास विश्वविद्यालयका प्रोफेसर एलिसन र क्योटो विश्वविद्यालयका प्रोफेसर हान्जोले नोबेल पुरस्कारबाट मिल्ने राशीलाई बाँडेर लिनेछन् । पुरस्कार राशी नौ मिलियन स्विडिस क्रोनर अर्थात लगभग १ मिलियन डलर भन्दा धेरै हुन आउँछ ।

पुरस्कार स्विकार गर्दै तासुकु हान्जोले संवाददाताहरुसँग भने, ‘म आफ्नो शोध जारी राख्न चाहन्छु ताकी इम्युनो थेरापीले धेरै भन्दा धेरै क्यान्सरका बिरामीहरुलाई बचाउन सकोस् ।’

प्रोफेसर एलिसनले भनेका छन्, ‘यो धेरै राम्रो छ, इम्युन चेकप्वाइन्ट ब्लकेडले पुरै ठिक भएका बिरामीहरुसँग भेट्ने पनि मौका मिलेको छ । यो मुलभुत रुपमा विज्ञानको शक्ति साबित गर्नको लागि हो ताकि चीजहरुले कसरी काम गर्छ भनेर हामी सिक्न, बुझ्न सक्छौं र उनीहरुलाई बताउन सक्छौं ।’

उपचार गर्न नसकिने रोगको उपचार

हाम्रो प्रतिरोधी प्रणालीले हामीलाई विभिन्न रोगहरुबाट बचाउँछ साथै यसले भित्रबाट आफ्नै अंगका हमलाबाट बच्नको लागि एक सेफगार्ड पनि बनाउँछ ।

तर, केही क्यान्सरले ती ब्रेक्सको फाइदा उठाउन सक्छ र हमलाबाट बच्न सक्छन् ।

७० को दशकमा एलिसन र हान्जोले ब्रेक लगाउने प्रोटिनलाई बन्द गरेर ट्युमरमाथि हमला गर्ने हाम्रो इम्युन सिस्टमलाई हटाउन एक उपाय पत्ता लगाएका थिए ।

जुन रोगको पहिले उपचार हुन असम्भव थियो त्यसको लागि नयाँ औषधिहरु ल्याइएको छ जसले बिरामीलाई यो रोगसँग लड्नको लागि नयाँ आशा दिनेछ ।

‘इम्युन थेरापी चेकपोइन्ट’को प्रयोग बेलायती नेशनल हेल्थ सर्भिसले पनि गरेको छ । गम्भिर मेलानोमा अर्थाता छालाको क्यान्सरको उपचारको लागि उसले यो विधिको प्रयोग गरेको छ ।

यो सबै बिरामीको लागि प्रभावकारी छैन तर केही बिरामीहरुमा यसले धेरै राम्रो तरिकाले काम गरिरहेको छ जसको परिणाम अविश्वसनिय छ । पूर्ण रुपमा ट्युमरसँग छुटकारा मिलिरहेको छ चाहे त्यो शरीरमा पुरै तरिकाले किन फैलिएको नहोस् ।

यस्ता बिरामीहरुमा यति राम्रो परिणाम पहिले कहिल्यै पनि देखिएको थिएन । ‘एडभान्स लंग्स क्यान्सर’मा पनि कैयौं चिकित्सकहरुले यो उपचारको प्रयोग गरिरहेका छन् ।

क्यान्सर रिसर्च युकेका प्रोफेसर चाल्र्स स्वांटनले पुरस्कार विजेताहरुलाई बधाई दिँदै भनेका छन्, ‘यति राम्रो कामको लागि धन्यवाद । हाम्रो आफ्नो इम्युन सिस्टमले क्यान्सरको प्रतिकुल स्वभाविक शक्ति महसुस गर्यो र बिरामीको जीवन रक्षक गर्ने उपचारको प्रयोग गर्यो ।’

छाला फोक्सो र किड्नी जस्ता एडभान्स क्यान्सरको लागि यी प्रतिरोध बढाउने औषधिहरुले धेरै बिरामीहरुको जीवन बदलिरहेको छ ।

इम्युनोथेरापीबाट क्यान्सर विरुद्धको लडाईँमा एक नयाँ बाटो पत्ता लागेको छ जुन आफ्नो सुरुवाती क्रममा छ । त्यसैले भविष्यमा यो दिशामा हुने प्रगती र नयाँ अवसरहरुको कल्पना गर्नु धेरै रोमाञ्चक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?