+

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन, थिए क्यान्सरबाट पीडित

२०८२ चैत  २० गते १२:१४ २०८२ चैत २० गते १२:१४
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन, थिए क्यान्सरबाट पीडित

२० चैत, काठमाडौं । वरिष्ठ सर्जिकल अंकोलोजिस्ट डा.प्रकाशराज न्यौपानेको निधन भएको छ । क्यान्सर रोगबाट पीडित डा.न्यौपानेको आज बिहान पाटल अस्पतालमा निधन भएको उपचारमा संलग्न मेडिकल अंकोलोजिस्ट डा. अरुण शाहीले जानकारी दिए ।

डा.शाहीका अनुसार ६४ वर्षीय डा. न्यौपाने विगत एक वर्षदेखि पित्त बग्ने नलीमा हुने एक प्रकारको क्यान्सर ‘कोलान्जिओ कार्सिनोमा’बाट पीडित थिए । करिब एक महिनादेखि उनी अस्पतालमा भर्ना भई उपचाररत थिए । उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो ।

डा.न्यौपानेले पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मिर्गौला र छालाको क्यान्सरको शल्यक्रियामा विशेषज्ञता हासिल गरेका थिए ।

उनले भक्तपुर क्यान्सर अस्पतालको पूर्वमेडिकल डाइरेक्टर र भतरपुरकै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको पूर्वअध्यक्ष जिम्मेवारी निर्वाह गरिसकेका थिए ।

पछिल्लो समय ग्वार्काेस्थित बीएण्डबी अस्पताल, भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टर र नेपाल अर्वुद रोग निवारण संस्था लगायतमा आवद्ध थिए ।

क्यान्सर डा.प्रकाशराज न्यौपाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?