+

जीवनशैलीका यी गल्तीहरूले बढाउन सक्छ स्तन क्यान्सरको जोखिम

२०८२ फागुन  २५ गते १६:१३ २०८२ फागुन २५ गते १६:१३

यदि परिवारमा कसैलाई पहिले स्तन क्यान्सर भएको छ भने, वंशाणुगत जाँच पनि गर्न सकिन्छ ।

Shares
जीवनशैलीका यी गल्तीहरूले बढाउन सक्छ स्तन क्यान्सरको जोखिम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्तनमा गाँठो, निप्पलबाट तरल पदार्थ निस्कनु, छालामा सुन्तलाको बोक्रा देखिनु जस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरलाई देखाउनुपर्छ।

‘क्यान्सर’ एक गम्भीर रोग हो । यदि समयमै पत्ता नलागेमा उपचार गर्न निकै गाह्रो हुन्छ । त्यसैले सुरुमै यसको पहिचान गर्नु अत्यन्त आवश्यक छ । आज विश्वभरि क्यान्सरबाट हुने मृत्युका मुख्य कारणहरूमा स्तन क्यान्सर प्रमुखमध्येमा एक हो । थाहा पाउँदा आश्चर्य लाग्न सक्छ, तर जीवनशैलीका केही नराम्रा बानीहरू पनि क्यान्सरका कारण बन्न सक्छन् ।

रात्रिकालीन काम गर्नु

लामो समयसम्म रातको समयमा (नाइट शिफ्ट) मा काम गर्दा शरीरको प्राकृतिक समयचक्र बिग्रिन्छ, जसले स्तन क्यान्सरको खतरा बढाउँछ । शरीरमा मेलाटोनिन हर्मोनको मात्रा घट्दा कोशिकाको बढ्ने प्रक्रिया नियन्त्रण गर्ने क्षमता कमजोर हुन्छ ।

स्तनमा गाँठो वा मोटो भाग

ठूला स्तनहरू खतरनाक हुन सक्छन्, जसले क्यान्सरको जोखिम बढाउँछ । यसले स्तन परीक्षण (म्यामोग्राम) गर्दा असामान्य कुरा पत्ता लगाउन गाह्रो बनाउँछ । यदि स्तनको भाग मोटो भएको थाहा पाउनुभयो भने, चाँडै अल्ट्रासाउन्ड वा एमआरआई जस्ता जाँच गराउनुपर्छ ।

इन्डोक्राइन प्रणालीमा अवरोध

प्लास्टिक शल्यक्रिया, सौन्दर्य प्रसाधन र खानेकुराको प्याकेटमा लुकेका प्याराबेन र फ्थालेट जस्ता रसायनहरूले हर्मोनलाई प्रभावित गरी इन्डोक्राइन प्रणाली बिगार्न सक्छन् र यसले स्तन क्यान्सरको खतरा बढाउन सक्छ । त्यसैले प्याकेटमा लेखिएका कुरा राम्ररी पढेर मात्र प्रयोग गर्नुपर्छ ।

बीआरसीए जीनका कारण

बीआरसीए१ र बीआरसीए२ स्तन क्यान्सरसँग जोडिएका प्रमुख जीनहरू हुन् । त्यस्तै पीएएलबी२, टीपी५३ र सीएचईके२ जस्ता अन्य कम चर्चित जीनहरू पनि उत्तिकै जोखिमपूर्ण छन् । विस्तृत वंशाणुगत जाँच ‘जेनेटिक परीक्षण’ले यस्ता लुकेका खतरा पत्ता लगाउन मद्दत गर्छ ।

स्तन क्यान्सरका केही लक्षणहरू

सुक्खा छालासँगै निरन्तर चिलाउने

निप्पल क्षेत्रमा हुने क्यान्सरमा प्रायः चिलाउने, रातो हुने वा छालामा पाप्रा जम्ने समस्यासँग आउँछ । यो चिलाइ सामान्य मौसमी चिलाइभन्दा धेरै बढी हुन्छ । यदि मोइस्चराइजर लगाउँदा पनि राहत नमिले भने बढी सचेत हुनुपर्छ ।

निप्पलबाट अचानक तरल पदार्थ निस्कनु

यदि तरल पदार्थ सफा वा रगत मिसिएको छ र एउटै निप्पलबाट मात्र निस्किरहेको छ भने यो गम्भीर संकेत हो । यसलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन ।

स्तनको छालामा परिवर्तन

स्तनको छाला सुन्तलाको बोक्रा जस्तो देखिन थाल्यो भने तुरुन्त ध्यान दिनुपर्छ । यो सुन्तलाको बोक्रा जस्तो देखिने र मोटो हुने, सुन्निने स्तन क्यान्सरको मुख्य चिन्ह हो ।

एकै ठाउँमा दुखाइ

सामान्यतया स्तन दुखाइ हर्मोन परिवर्तनले हुन्छ, तर यदि कुनै कारणबिना निरन्तर वा एकै ठाउँमा मात्र दुखाइ भइरहेको छ भने यो संकेतमा ध्यान दिनुपर्छ ।

निप्पलमा परिवर्तन

निप्पलको आकारमा अचानक परिवर्तन आएको छ भने यो ट्युमरको संकेत हुन सक्छ । यो संकेतलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन ।

स्तन सुन्निनु

स्तन तातो, रातो वा सुन्निएको भए सधैं संक्रमण मात्र हुँदैन । धेरैजसो यो क्यान्सरको आक्रामक प्रकारको संकेत पनि हुन सक्छ ।

लिम्फ ग्रन्थी सुन्निनु

काखीमा वा हत्केलाको हाड नजिक गाँठो वा सुन्निने भनेको क्यान्सर नजिकका लिम्फ ग्रन्थीमा फैलिएको हुन सक्छ । कहिलेकाहीँ स्तनमा कुनै परिवर्तन नदेखिँदै यी ग्रन्थी बढ्छन् ।

यी चिन्हहरू देखिएमा के गर्ने 

यी चिन्ह र कारणहरू थाहा पाएपछि चिन्ता लाग्न सक्छ । तर यदि स्तनमा कुनै असामान्य परिवर्तन देखियो वा उच्च जोखिम समूहमा पर्नुहुन्छ भने, डाक्टरलाई देखाउन ढिलो गर्नु हुँदैन ।

यसका लागि चाँडै स्तन परीक्षण (म्यामोग्राम), (अल्ट्रासाउन्ड) वा (एमआरआई) गराउनुपर्छ ।

यदि परिवारमा कसैलाई पहिले स्तन क्यान्सर भएको छ भने, वंशाणुगत जाँच पनि गर्न सकिन्छ । स्तन क्यान्सरको उपचारका लागि यसको सुरुवाती अवस्थामा पत्ता लगाउनु अत्यन्त महत्वपूर्ण छ । त्यसैले आफ्नो शरीरका संकेतहरूलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन, असामान्य लक्षण देखिएपछि जति सक्दो चाँडो चिकित्सकीय सहायता लिनुपर्छ ।

क्यान्सर स्तन क्यान्सर
डा. अरुण शाही
लेखक
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय