News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वप्रख्यात फर्मास्युटिकल कम्पनी जीएसकेले पाठेघर र अण्डाशयको क्यान्सर उपचारमा प्रयोग गरिने नयाँ औषधि 'मोसर्टाटग रेजेडेकन' को प्रारम्भिक नतिजा उत्साहजनक रहेको घोषणा गरेको छ।
- पहिलो चरणको क्लिनिकल ट्रायलमा 'मोसर्टाटग रेजेडेकन' ले प्लाटिनम-प्रतिरोधी अण्डाशयको क्यान्सरमा ६२ प्रतिशत र पाठेघरको क्यान्सरमा ६७ प्रतिशत सम्म सफलता देखाएको छ।
- जीएसकेले सन् २०२६ मा पाँच ठूला 'फेज-३' क्लिनिकल ट्रायलहरू सुरु गर्ने तयारी गरेको र औषधिले क्यान्सर उपचारको पद्धतिलाई परिवर्तन गर्न सक्ने हेशाम अब्दुल्लाहले बताउनुभएको छ।
विश्वप्रख्यात फर्मास्युटिकल कम्पनी जीएसकेले पाठेघर र अण्डाशयको क्यान्सर उपचारमा प्रयोग गरिने आफ्नो नयाँ औषधिको प्रारम्भिक नतिजा निकै उत्साहजनक रहेको घोषणा गरेको छ।
‘मोसर्टाटग रेजेडेकन’ नाम दिइएको यो नयाँ एन्टीबडी-ड्रग कञ्जुगेट (एडीसी) औषधिको पहिलो चरणको क्लिनिकल ट्रायलमा बिरामीहरूको शरीरले सकारात्मक प्रतिक्रिया दिएको पाइएको हो।
पुएर्टो रिकोमा आयोजित ‘सोसाइटी अफ गाइनोकोलोजिक अंकोलोजी’ (एसजीओ) को वार्षिक बैठकमा प्रस्तुत गरिएको ‘बीहोल्ड–वान (BEHOLD-1)’ अध्ययनको तथ्यांक अनुसार, यो औषधिले क्यान्सरका गम्भीर बिरामीहरूमा उल्लेख्य सुधार ल्याएको छ।
के भन्छ अध्ययनले ?
क्यान्सरका अन्य उपचारहरू असफल भइसकेका बिरामीहरूमा गरिएको यस अध्ययनले निकै राम्रो सफलता दरहरू देखाएको छ
‘प्लाटिनम-प्रतिरोधी’ मानिएको अण्डाशयको क्यान्सर भएका बिरामीहरूमा यस औषधिले ६२ प्रतिशत सम्मको ‘अब्जेक्टिभ रेस्पोन्स रेट’ (ओआरआर) देखाएको छ।
त्यस्तै, निकै जटिल र दोहोरिएर आउने पाठेघरको क्यान्सरका बिरामीहरूमा यो औषधि ६७ प्रतिशत सम्म सफल देखिएको छ।
हालसम्म यस्ता जटिल अवस्थाका बिरामीहरूका लागि सीमित उपचार विकल्प मात्र उपलब्ध थिए, जसमा सफलता दर निकै कम थियो। तर ‘मोसर्टाटग रेजेडेकन’ ले क्यान्सर कोषमा हुने बी७–एच४ नामको एन्टिजेनलाई सिधै निशाना बनाउने भएकाले यो बढी प्रभावकारी देखिएको हो।
सुरक्षा र साइड इफेक्ट
अध्ययनका क्रममा औषधिको सुरक्षा पक्षलाई पनि ध्यान दिइएको थियो। धेरैजसो बिरामीहरूमा वाकवाकी लाग्ने (७५ देखी८२ प्रतिशत), रक्तअल्पता र थकान जस्ता सामान्य साइड इफेक्टहरू देखिएका छन्। फोक्सोमा समस्या आउने (इन्टरस्टिसियल लङ्ग डिजिज) जस्ता गम्भीर साइड इफेक्टहरू ३ प्रतिशत बिरामीमा देखिएकाले यो औषधि सुरक्षित रहेको वैज्ञानिकहरूको दाबी छ।
सन् २०२६ मा पाँच ठूला परीक्षणहरू सुरु हुने
यो प्रारम्भिक सफलतापछि जीएसकेले सन् २०२६ मा विश्वभर पाँचवटा ठूला ‘फेज-३’ क्लिनिकल ट्रायलहरू सुरु गर्ने तयारी गरेको छ।
जीएसकेका ग्लोबल हेड अफ अंकोलोजी हेशाम अब्दुल्लाहका अनुसार, यो औषधिले क्यान्सर उपचारको पद्धतिलाई नै परिवर्तन गर्न सक्ने प्रमाणहरू फेला परेका छन्। विश्वभर बर्सेनि लाखौँ महिलाहरू पाठेघर र अण्डाशयको क्यान्सरबाट प्रभावित हुने गरेका छन्।
अण्डाशयको क्यान्सर भएका ७० प्रतिशत बिरामीहरू रोग निकै ढिलो पत्ता लाग्ने समस्याबाट गुज्रिरहेका हुन्छन् भने पाठेघरको क्यान्सरका १५ देखि २० प्रतिशत बिरामीहरू अन्तिम चरणमा पुगेका हुन्छन्।
यस्तो अवस्थामा जीएसकेको यो नयाँ औषधि क्यान्सरसँग जुधिरहेका महिलाहरूका लागि जीवनरक्षक बन्न सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4