+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

वितरकको खुलासा-‘९० प्रतिशत फिल्म फ्लप, करोड माथि लगानी नगर्दा राम्रो’

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते १४:३९

नेपाली चलचित्रका निर्माताले आफ्नो चलचित्रले लाखौ कमाएको, नाफामा गएको दाबी गरेतापनि वास्तविकता भने त्यस्तो छैन । चलचित्रका निर्माताले करोडौ कमाएको भन्दै केक काटेर खुशियाली मनाइरहेपनि ९० प्रतिशत नेपाली चलचित्र असफल भएको वितरक सुनिल मानन्धरले खुलासा गरिदिएका छन् ।

नेपाली चलचित्रको वितरणमा सफल मानिएका मानन्धरले ९० प्रतिशत चलचित्र फ्लप, ५ प्रतिशतले मुश्किलले लगानी उठाउने र ५ प्रतिशतले नाफा कमाउने गरेको बताएका हुन् ।

उनका अनुसार, नाफामा गयो भने पार्टी नै आयोजना गरेको चलचित्र ‘भैरे’का निर्मातालाई ५० लाख भन्दा बढी घाटा भएको छ । उनले, नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘कायरा’ पनि बक्स अफिसमा असफल भएको खुलाएका छन् ।

मानन्धरले नयाँ निर्मातालाई चलचित्र नबनाउन सुझाव पनि दिएका छन् । उनले भने-‘नयाँ निर्मातालाई त म चलचित्र नबनाउन नै सुझाव दिन्छु ।’
नेपाली चलचित्रको व्यापार निकै नै दयनिय अवस्थामा रहेतापनि बर्षमा सय भन्दा बढी चलचित्र बनेको देख्दा आफूलाई उदेक लागेको उनको भनाई थियो । उनले करोड भन्दा बढी लगानीमा बनेका अधिकांश चलचित्रले बक्स अफिसमा लगानी उठाउन असफल भएको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?