+
+
Shares

टिपर सञ्चालनको समयावधि बढाउने निर्णय फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते ८:००

१८ भदौ, काठमाडौं । काठमाडाैं उपत्यकािभत्र टिपर सञ्चालनको समयावधि पुनः घटाइएको छ । बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि समयावधि छाेट्याइएकाे हो ।

अब साउन ४ गतेकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपरहरु सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

यसअघि गत साउन १ गते ट्रिपरले ट्राफिक जाम र असुरक्षा बढाएको भन्दै काठमाडौंभित्र रिङरोड, रिङरोड भित्र र कोटेश्वरबाट जडिबुटीसम्मको सडक खण्डमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र टिपर सञ्चालन गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गरेको थियो ।

तर, निर्माण सामग्रीको ढुवानीमा अवरोध भएको निष्कर्ष निकाल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले उक्त निर्णय परिमार्जन गर्दै १ घण्टा बढाउने निर्णय गरेको थियो । यस्तो निर्णय गरेकै दिन सूर्यविनायकमा टिपरको ठक्करबाट दुई जना गम्भीर घाइते भएपछि साविककै समयअनुसार सञ्चालन गर्न दिने निर्णय गरिएकाे हाे ।

ट्राफिक प्रहरी महाशाखाले बिहीबार  सूचना जारी गर्दै बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर सञ्चालन गर्न सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?