Comments Add Comment

गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन

१८ असोज, काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन भएको छ । निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो ।

ब्यानर र पप्लेटसहित उनीहरुले केहीबेर गेट अगाडि नै बसेर धर्नासमेत दिए । उनीहरुले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।

यसैबीच, सिंहदरबारभित्र गृह मन्त्रालयमा नेपाल प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै सत्तारूढ दलकै भातृ संगठन अखिल र अखिल (क्रान्तिकारी) ले गृहमन्त्री थापालार्इ ज्ञापन पत्र बुझाएका छन् ।

यो पनि पढ्नुहोस आईजीपी खनाललार्इ बर्खास्त गर्न सत्तारूढ दलको भातृ संगठनको माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment