+
+
Shares

अवैध रकमसहित बुटवलबाट २ भारतीय र १ नेपाली पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते ११:१०

१८ असोज ,बुटवल । प्रहरीले बुटबलबाट अवैध नोटसहित २ भारतीय र १ नेपालीलाई पक्राउ गरेको छ ।

बुटवलको नेपाल गञ्जरोडस्थित ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार नेपाली रकमसहित ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रहरी नायव उपरीक्षक डिल्लीबहादुर मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा मेराजुन मिया, ईमरान खान र मेघनाथ कुशपडिया छन् । यीमध्ये कुशपडिया बाँकेका हुन् भने मिया र खान भारतको उत्तर प्रदेश बैराइच जिल्लाका हुन् ।

पक्राउ परेका ३ जनालाई ईलाका प्रहरी कार्यलय, बुटबलमा राखेर अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?