+
+

सिन्धुलीमा जेसीबीको आउटलेट

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते १४:२०

१८ असाेज, काठमाडौं  । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ ।

नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्रर्ताष्ट्रिय स्तरको आफ्टर सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएकाे छ ।

नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री र विशेष अतिथि नेपाली कांग्रेसका नेता मादिक ढकालले संयुक्त रुपमा गरेका थिए । सिन्धुली र आसपासका जिल्लामा विकास निर्माणको कामले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभतामा ध्यानमा राखेर जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको एआरओकी प्रबन्ध निर्देशक सुनिता गजुरेलले बताइन् ।

योसँगै जेसीबीले नेपालका १० वटा स्थानमा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक बिक्री केन्द्र सञ्चालन भइसकेका छन् । जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालका अन्य ग्रामीण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘आफ्टर सेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य एमएडब्लु अर्थमुभर्सले लिएको छ ।

नेपालको नम्बर १ ब्रान्ड दावी गर्ने जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।

पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिने र यसकै कारण यो नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमानम्बर १ ब्रान्ड बन्न सफल भएको कम्पनीकाे दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?