+
+
Shares

विराटनगर राजधानी माग्दै ६३ संघसंस्थाको ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते १७:३९

१८ असोज विराटनगर । प्रदेश १ को राजधानी विराटनगर नै बनाउन माग गर्दै विराटनगरका ६३ वटा सामाजिक संघ संस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

उनीहरुले प्रदेश १ का सभामुख र मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघको अगुवाईमा आएको टोलीले पूर्वाधार र सामथ्र्यका कारण राजधानी बन्न विराटनगर नै उपयुुक्त भएको दावी गरेका छन् ।

उद्योगी व्यापारीहरुले राजधानीको पर्याप्त आधार हुँदाहुँदै अन्यत्र लगे संघीयता र समृद्धिको नारा सार्थक नहुनेतर्फ सभामुख भण्डारीको ध्यानाकर्षण गराएका थिए ।

ज्ञापनपत्र बुझ्दै सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरका सरोकारवालाको सुझाव सम्बन्धित ठाउँमा जानकारी गराउने बताए । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राजधानीको विषयमा संसदले ठोस निर्णय गर्ने भएको कारण अहिले नै आत्तिन नहुने बताए ।

प्रदेशको नाम र राजधानीको टुंगो लगाउन नेकपाको संसदीय दलमा छलफल भइसकेको छ भने नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।

प्रदेशसभाको २ तिहाई मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक व्यवस्था छ । सरकारले संसदको यही अधिवेशनमा यो विषयलाई टुंग्याउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?