+

स्कटल्याण्ड र पोल्याण्डसँग रोनाल्डोले नखेल्ने

२०७५ असोज  १८ गते १८:५८ २०७५ असोज १८ गते १८:५८
स्कटल्याण्ड र पोल्याण्डसँग रोनाल्डोले नखेल्ने

१८ असोज, काठमाडौं । युभेन्टसमा रहेका पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो पोल्याण्ड र स्कटल्याण्डसँगको खेलमा टिममा रहेका छैनन् । रोनाल्डोलाई आराम दिन टिममा नराखिएको बताइएको छ ।

युइएफ नेसन्स लिगमा पोर्चुगलले पोल्याण्ड र स्कटल्याण्डसँग खेल्न लागकोे हो ।

सन् २००९ मा लस भेगासमा कार्थेन मायोर्गालाई बलात्कार गरेको भन्ने आरोपको सामना गरिरहेका रोनाल्डो रियल मडि्रडबाट यही सिजन युभेन्टस गएका थिए ।

बलात्कारको आरोप उनले अस्वीकार गरेका छन् । अनुसन्धान नसकिँदासम्म शान्त रहने बताएका उनले आफूले त्यस्तो घृणित काम कदापी गर्न नसक्ने बताए ।

च्याम्पियन्स लिगको एक खेलमा प्रतिबन्धका कारण बुधबार राति उनी टिममा थिएनन् ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोलाई आराम दिन टिममा नराखिएको बताएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय