Comments Add Comment

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा छुट

१९ असोज, काठमाडौं । नबिल बैंकका डेबिट, पि्रपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने भएका छन् । जसका लागि नबिल बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र बिच सम्झौता भएकोे हो ।

सम्झौता अनुसार नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका ग्राहकलाई रेडियोविज्ञान, प्रयोगशाला त्ाथा बेड चार्जमा १० प्रतिशत छुटका साथै रेडिएसन थेरापी र ब्राच थेरोपीमा ५ प्रतिशत छुट प्रदान गर्नेछन् ।

बैंकका कार्ड प्रयोगकर्ताहरु लगायत उनीहरुका दम्पति, बालबच्चाहरु तथा आमाबाबुहरुको चिकित्सा उपचार गर्दा सो सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

‘ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रसंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ,’ नबिल बैंक लिमिटेडका प्रमुख खुद्रा बैंकिङ्ग निरज शर्माले भने ।

नबिल बैंक सधैं आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न निरन्तर सकृय रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment