+
+
Shares

बालबालिकालाई लक्षित गर्दै काठमाडौंमा हेलोविन पार्टी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको सानेपास्थित इन्टरनेसनल क्लबमा आगामी शनिबार दिउँसो २ बजेदेखि राति १० बजेसम्म ‘टाइनी सोसल क्लब हेलोविन रेभ’ आयोजना हुने भएको छ।
  • टाइनी सोसल क्लबले बालबालिका र अभिभावकलाई एकैसाथ मनोरञ्जन दिने उद्देश्यले डिजे, नृत्य, पोसाक परेड, प्रतियोगिता, बाउन्सी क्यासल, सेन्सरी प्ले र फेस पेन्टिङ राखेको छ।
  • श्रद्धा शाह, आयुषा कार्की र रशिका शेरचनद्वारा स्थापित क्लबले परिवारसँग बिताउने समयलाई रमाइलो बनाउने उद्देश्यसहित सीमित टिकटमा कार्यक्रम आयोजना गर्न लागेको हो।

१० कात्तिक, काठमाडौं । बालबालिका र वयस्कलाई एकै ठाउँमा संगीत, नृत्य र मनोरञ्जनको अनुभव दिलाउने उद्देश्यले काठमाडौंमा ‘टाइनी सोसल क्लब हेलोविन रेभ’ आयोजना हुने भएको छ। आगामी शनिबार (अक्टोबर ३१ ) मा सानेपास्थित इन्टरनेसनल क्लबमा हुने कार्यक्रम दिउँसो २ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ।

टाइनी सोसल क्लबले आयोजना गर्न लागेको कार्यक्रममा बालबालिका तथा उनीहरूका अभिभावकले एकैसाथ मनोरञ्जन लिन सक्नेछन्। कार्यक्रममा बालबालिकाका लागि विशेष डिजे प्रस्तुति, नृत्य, पोसाक परेड तथा प्रतियोगितालगायतका गतिविधि समावेश गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा बाउन्सी क्यासल, सेन्सरी प्ले, फेस पेन्टिङ र कपासको मिठाईको समेत व्यवस्था हुनेछ। डिजेको संगीतमा नृत्य, आकर्षक पोसाक र विभिन्न मनोरञ्जनात्मक गतिविधिले कार्यक्रमलाई उत्सवमय बनाउने अपेक्षा गरिएको छ। साँझ पर्दै जाँदा कार्यक्रम वयस्कहरूका लागि सामाजिक भेटघाट तथा मनोरञ्जनको अवसरमा परिणत हुनेछ।

श्रद्धा शाह, आयुषा कार्की र रशिका शेरचनद्वारा स्थापित टाइनी सोसल क्लबले परिवारसँग बाहिर निस्केर रमाइलो गर्ने परम्परागत अवधारणालाई नयाँ स्वरूप दिने उद्देश्य राखेको छ। क्लबले बालबालिकालाई स्वतन्त्र रूपमा रमाइलो गर्ने अवसर प्रदान गर्नुका साथै वयस्कलाई पनि उत्तिकै मनोरञ्जन दिलाउने अवधारणामा कार्यक्रम आयोजना गर्न लागेको हो।

संस्थापकहरूका अनुसार परिवारसँग बिताउने समयलाई थप रमाइलो र स्मरणीय बनाउने उद्देश्यले कार्यक्रमको अवधारणा तयार गरिएको हो। बालबालिकाले बाल्यकालको रमाइलो अनुभव गर्न पाउने र वयस्कले पनि खुलेर मनोरञ्जन लिन सक्ने वातावरण बनाउनु कार्यक्रमको मुख्य विशेषता रहेको उनीहरूको भनाइ छ।

‘एउटै पार्टी, दुई पुस्ता र भरपूर रमाइलो’ भन्ने अवधारणासहित आयोजना हुन लागेको कार्यक्रममा सीमित संख्यामा टिकट उपलब्ध रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?