Comments Add Comment

लुक्लामा वायु सेवा निगमको एकाबिहानै ४ फ्लाइट

२० असोज, काठमाडौं । नेपाल वायु सेवा निगमले शनिबार बिहानै लुक्लामा चारवटा उडान भरेको छ । यसलाई नेपाल वायु सेवा निगमको इतिहासकै ठूलो उपलब्धी मानिएको छ ।

शनिबार बिहान ६ बजेदेखि नै वाई-१२ विमानले तीनवटा र ट्वीनअटरले एउटा उडान गरेको छ ।

‘ट्वीनअटर जहाजले कहिलेकाहिँ लुक्लामा उडान गर्दथ्यो, तर आज हामीले वाई-१२ जहाजबाट कमर्सियल उडान गर्‍यौं,’ नेपाल एयरलाइन्सका क्याप्टेन उद्धव घिमिरेले भने, ‘दश वर्षयता यो हाम्रो लागि सबैभन्दा ठूलो अचिभमेन्ट हो ।’

लुक्लामा विदेशी पर्यटक बढी हुन्छन् । त्यहाँ निजी हवाई कम्पनीहरुले जहाज उडाए पनि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको उडान आक्कल झुक्कल मात्र हुन्थ्यो । अब यात्रुहरुले नेपाल एयरलाइन्सबाट सस्तो भाडामा लुक्लामा यात्रा गर्न पाउने भएका छन् ।

यसअघि निगम व्यवस्थापनको कमजोरीका कारण जहाजहरु थन्किँदै आएका थिए । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेल र अपरेसन डिपार्टमेन्ट प्रमुखमा रविन्द्र शेरचन आएपछि उडान सम्भव भएका स्थानहरुमा जहाज उडान सुरु गरिएको छ ।

नेपाल वायु सेवा निगमले हालै दाङको तुलसीपुरस्थित टरीगाउँ विमानस्थलमा पनि उडान सुरु गरेको छ । तुलसीपुरमा १६ असोजमा गरिएको परीक्षण उडान सफल भएको थियो । अब तुलसीपुरमा पनि दुई-तीन दिनभित्रै व्यवसायिक उडान सुरु गर्ने निगमको तयारी छ । तुलसीपुरमा तत्कालका लागि सोमबार र शुक्रबार उडान गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment