Comments Add Comment

‘छुटेका अनुहार’ लिएर आए रमेश सायन

काठमाडौं । कवि तथा निबन्धकार रमेश सायनको पहिलो निबन्ध संग्रह ‘छुटेका अनुहार’ सार्वजनिक भएको छ । मण्डला थिएटरमा सायनकी पत्नी दीपा दाहालले कृति सार्वजनिक गरिन् ।

कार्यक्रममा कवि नवराज पराजुलीले कृतिभित्र रहेको ‘फेल’ निबन्धलाई कवितात्मक शैलीमा वाचन गरेका थिए । कार्यक्रममा कृतिमाथि अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा कवि पराजुलीले निबन्ध लेख्नुको कारण के हो ? भनेर प्रश्नको ढोका खोलेका थिए ।

लेखक सायनले देशको सामाजिक असमानता र आफूले बाँचेको समाजमा हुने गरेको महिला-पुरुष, धनी-गरिब, तल्लो-माथिल्लो जातिबीचको विभेद पाठकसामु पुर्‍याउन निबन्ध लेखेको दाबी गरे । कविता लेखिरहेको मान्छेले निबन्ध रोज्नुको कारण केहो भन्ने पराजुलीको प्रश्नमा सायनले आफूले भन्नुपर्ने कुरा जुन माध्यमबाट भन्दा पाठकले सजिलै ग्रहण गर्न सक्छन् त्यही बाटो अपनाएको जवाफ दिए ।

कार्यक्रममा लेखक सायनले यस पुस्तकमा आफूले सत्यता मात्र लेखेको दाबी गर्दै पाठकलाई पढेर सत्य मनले प्रतिक्रिया दिन आग्रह गरे्का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment