+
+
Shares

पदीय मर्यादा मिचिएको भन्दै प्रदेश सांसद खातुन आक्रोशित

गोलबजार उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारीहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रममा मधेश प्रदेशसभा सदस्य साहिदा खातुनले आफ्नो पदीय मर्यादा ख्याल नगरेको भन्दै आक्रोश पोखेकी छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोलबजार उद्योग व्यापार संघको शपथ तथा पदभार ग्रहण कार्यक्रममा सांसद साहिदा खातुनले आफूलाई मर्यादाक्रमअनुसार स्थान नदिइएको भन्दै आयोजकप्रति आक्रोश व्यक्त गरिन्।
  • मंसिर ४ गते निर्वाचित पदाधिकारीहरूको प्रमाणपत्र वितरणमा नगर प्रमुखलगायत अन्य व्यक्तिभन्दा तल राखेर आफूलाई राखिएको भन्दै उनले आपत्ति जनाइन्।
  • खातुनले 'मर्यादाको ख्याल नै नगरी महिलाले महिलालाई वितरण गर्ने, पुरुषले पुरुषलाई वितरण गर्ने कस्तो कार्यक्रम हो?' भनेर प्रश्न गरिन्।

१३ मंसिर, सिरहा। गोलबजार उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारीहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रममा मधेश प्रदेशसभा सदस्य साहिदा खातुनले आफ्नो पदीय मर्यादा ख्याल नगरेको भन्दै आक्रोश पोखेकी छन्।

मंसिर ४ गते सम्पन्न गोलबजार उद्योग व्यापार संघको निर्वाचनबाट निर्वाचित अध्यक्ष महेश साह(कोक्वा) लगायतका पदाधिकारीहरूको आज आयोजित शपथ तथा पदभार ग्रहण कार्यक्रममा प्रमाणपत्र वितरणका क्रममा आफूलाई मर्यादाक्रमअनुसार स्थान नदिइएको भन्दै सांसद खातुनले असन्तुष्ट व्यक्त गरेकी हुन्।

कार्यक्रममा नगर प्रमुखलगायत अन्य व्यक्तिहरूभन्दा तल राखेर आफूलाई प्रमाणपत्र वितरण गर्न लगाइएको भन्दै उनले आयोजकप्रति असन्तुष्टि जनाइन्। उनले कार्यक्रममा आफ्नो पदको मर्यादा र सम्मानलाई ध्यान नदिइएको बताउँदै आयोजकलाई प्रश्नसमेत गरेकी थिइन्।

‘मर्यादाको ख्याल नै नगरी महिलाले महिलालाई वितरण गर्ने, पुरुषले पुरुषलाई वितरण गर्ने कस्तो कार्यक्रम हो?’ उनले प्रश्न गरिन्।

उनले कार्यक्रम आयोजकले पदमर्यादाको ख्याल गर्नुपर्ने बताउँदै आफूलाई नगर प्रमुखलगायत अन्य व्यक्तिभन्दा तल राखेर प्रमाणपत्र वितरण गर्न लगाइएकोप्रति आपत्ति जनाइन्।कार्यक्रमका क्रममा उनले आयोजकको व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरे पनि अन्त्यमा एक महिला सदस्यलाई प्रमाणपत्र वितरण गरेकी थिइन्।

नवनिर्वाचित पदाधिकारीहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश संयोजक तथा पूर्वकानुन मन्त्री लिलानाथ श्रेष्ठ, नेपाली कांग्रेसका सिरहा जिल्ला सभापती रामचन्द्र यादव, उद्योग व्यापार संघ मधेश प्रदेशका अध्यक्ष विजय कुमार साहलगायतको उपस्थिति रहेको थियो ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?