२१ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई पराजित गर्दै टोटेनह्याम लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा घरेलु टिम टोटनहृयामले कार्डिफ सिटीलाई १-० गोलले पराजित गरेको हो । टोटनहृयामको जितमा एरिक डायरले गोल गरेका थिए ।
खेलको आठौं मिनेटमा एरिकले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अग्रता बनाएको टोटनहृयामले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सक्यो । खेलको ५८ औं मिनेटमा जोई रल्सले रातो कार्ड पाएपछि कार्डिफ सिटी १० खेलाडीमा सीमित भएको थियो ।
गएराति नै भएका अन्य खेलमा एभर्टनले लेष्टर सिटीलाई २-१ पराजित गर्दा बर्नेमाउथले वाटफोर्डलाई ४-० ले पराजित गरेको छ । त्यस्तै, वुल्भ्सले क्रिस्टल प्यालेसलाई १-० ले हराएको छ । यता, बर्नेली र हन्डर्सफिल्डले भने १-१ गोलको बराबरी खेलेका छन् ।
लिगको शीर्ष स्थानमा भने म्यान्चेस्टर सिटी रहेको छ । सिटीको ७ खेलबाट १९ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको लिभरपुलको पनि समान १९ अंक रहँदा टोटनहृयाम १८ अंक सहित तेस्रो स्थानमा छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4