Comments Add Comment

नेकपा सचिवालय बैठक बस्दै

२१ असोज, काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रदेश पदाधिकारीको चयन र सरकारको काम–कारबाहीलाई लिएर पार्टीभित्रै असन्तुष्टि चर्किरहेका बेला नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले यसमा चर्को असन्तुष्टि जायर गर्दै आइरहेकाे छ । नेपालले छलफलविपरीत प्रदेश कमिटीको जिम्मेवारी तोकिएको भन्दै नोट अफ डिसेन्ट नै दर्ज गराएका छन् ।

आइतबार अपराह्न ४ बजे बस्ने नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने  बैठक यही विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारको काम–कारबाहीलाई लिएर समेत नेकपामा पछिल्लो समय असन्तुष्टि चुलिएको छ । शीर्ष नेताहरुले नै यसबारे सार्वजनिक रुपमै असन्तोष व्यक्त गरिरहेका छन् । नेताहरुका अनुसार आज बस्ने  बैठकमा यसबारे पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment