Comments Add Comment

विकास र दीपकले साथ दिदा भाग्यमानी बन्दै प्रियंका

संभवत, नेपालका २ ठूला ब्यानरले साथ नदिने हो भने, नायिका प्रियंका कार्कीको करिअर अहिले धरापमा परिसकेको हुन्थ्यो होला । तर, नेपालका २ ठूला ब्यानरको साथले पि्रयंकालाई ठूलो राहत मात्र मिलेको छैन, प्रतिस्पर्धात्मक बजारमा आफ्नो दरिलो उपस्थिती बनाउने अवसर पनि मिलिरहेको छ ।

चलचित्र ‘वडा नम्बर ६’देखि निर्माता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले प्रियंकालाई साथ दिइरहेका छन् । हिट चलचित्रका निर्माताकै साथ पाएपछि नायिकालाई पनि के चाहियो र ? बर्षमा एउटा हिट चलचित्र दिएको भन्न उनले राम्रैसँग पाएकी छिन् ।

‘वडा नम्बर ६ देखि छक्का पन्जा ३’सम्म आइपुग्दा प्रियंकाले दिपक र दीपाको ब्यानरमा थोरै मात्र भूमिकामा मात्र भएपनि काम गरिरहेकी छिन् । यता, विकासराज आचार्य जस्ता शक्तिशाली निर्माता-निर्देशकको साथ पनि प्रियंकालाई मिलेको छ । विकासले ‘नाई नभन्नु ल २ देखि नाई नभन्नु ल ५’ सम्ममा पि्रयंकालाई आफ्नो चलचित्रमा अभिनय गराए । सबै चलचित्र हिट भए, प्रियंका पनि हिट भइन् । अब, विकासको निर्देशन मात्र रहने चलचित्र ‘हजार जुनी सम्म’मा पनि प्रियंका फाइनल भैसकेकी छिन् ।

यी बाहेक मिलन चाम्स, दिपेन्द्र के खनाल जस्ता चर्चित निर्देशकका चलचित्रमा कहिलेकाही काम पाउँदा प्रियंकाले आफ्नो उपस्थितीलाई कमजोर महशुश गर्न परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment