+
+

सिन्धुलीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते ११:५५

२१ असोज, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिए ।

कमलामाई नगरपालिका–५ सिलामेबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको वान टेष्ट ट्याक्टर सडकबाट ३० मिटर तल खसेको थियो । ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

रातको समयमा तीव्र गतिमा गुडेको ट्याक्टरको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीका भित्री सडकमा १८ वर्षभन्दा मुनिका व्यक्तिले ट्याक्टर चलाउने गर्दछन् । अधिकांश ट्याक्टर दुर्घटना चालकको कमजोरीले हुने गरेको छ । तर सवारी चालक अनुमतिपत्रविना नै सवारी चलाउने धेरै भए पनि ट्राफिक प्रहरी तथा प्रहरीले यसलाई नियन्त्रण गर्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?