Comments Add Comment

मन्त्रालय नटुक्रयाउन प्रदेश १ सरकारलाई सांसदको चेतावनी

२१ असोज, विराटनगर । प्रदेश १ का प्रदेश सभा सदस्यहरुले सरकारका प्रशासनिक संरचनाहरु टुक्राउन नहुनेमा जोड दिएका छन् ।

प्रदेश सरकारले जनतालाई सेवा दिने नाममा मन्त्रालयहरु विकेन्द्रित गर्ने सोच बनाइरहेका बेला प्रदेश सदस्यहरुले त्यसको बिरोध गरेका हुन् ।

प्रदेश सभाको आइतबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले जनतालाई सेवा दिने नाममा मन्त्रालय नफुटाउन सभामखमार्फत सरकारलाई सचेत गराएका छन् ।

प्रदेश सभाको शून्य समयमा बोल्दै मोहम्द ताहिर मिँयाले कुनैपनि हालतमा जनतालाई सेवा प्रवाह गर्ने बहानमा मन्त्रालयहरु टुक्राउने काम गर्न नहुने बताए ।

उनले प्रदेश सरकारको प्रशासनिक संरचना एकै स्थानमा राख्न सरकारकासँग मागसमेत गरे ।

सांसद शान्ता पौडेलले पनि सरकारले विभिन्न स्थानमा मन्त्रलयहरु विभाजन गर्ने तयारी भइरहेका बारेमा बाहिर कुरा आइरहेको भन्दैे मन्त्रालय टुक्राउन नहुनेमा जोड दिइन् ।

नेकपाका सांसद बलबहादुर सामसुहाङले सा‌सदहरुले सदनमा बोल्दा संविधानको मर्म र भावना विपरीत अभिव्यक्ति दिने गरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

उनले प्रदेशको नाम आफनो पार्टी भने अनुसार नभए जे पनि हुनसक्ने भन्दै अभिव्यक्ति  दिने सांसदलाई सरकारले स्प्रष्टीकरण सोध्न माग राखे ।

उनले सदनमा आफनो कुरा राख्दा आपनो माग अनुसार नभएको खण्डमा जो पनि हुनसक्ने चेतावनीका कारण सा‌सदहरु असुरक्षा महशुस गरेको भन्दै उनले सभामुख मार्फत सरकारको यस बिषयमा ध्यानाकर्षण गराएका थिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मंचकी सा‌सद बिष्णु तुम्बाहाम्फेले गएको बिहीबारको प्रदेश सभाको बैठकमा बिषेश समयमा बोल्दै प्रदेशको नाम लिम्बुवान नराखिएको खण्डमा सा‌सदको घर घरमा गएर घेराउन गर्ने चेतावनी दिइएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment