+

भ्यालेन्सियासँग बराबरी खेलेसँगै बार्सिलोना दोस्रो स्थानमा

२०७५ असोज  २२ गते ७:५४ २०७५ असोज २२ गते ७:५४
भ्यालेन्सियासँग बराबरी खेलेसँगै बार्सिलोना दोस्रो स्थानमा

२२ असोज, काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियासँग बराबरी खेलेसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा झरेको छ ।

सोमबार बिहानभएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेलेको हो । बराबरीसँगै शीर्ष स्थानमा कायमै रहने अवसरलाई गुमाउँदै बार्सिलोना दोस्रो स्थानमा झरेको हो ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्याे । खेलको दोस्रो मिनेटमा नै जिक्वएल गेरयले गोल गर्दै भ्यालेन्सियालाई १–० गोलको अग्रता दिलाएका थिए । तर, खेलको २३औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसकेपछि १–१ अंक बाँडेका हुन् ।

८ खेलबाट १५ अंक बनाएको बार्सिलोना दोस्रो स्थानमा झर्दा सेभिल्ला भने पहिलो स्थानमा उक्लिएको छ । सेभिल्लाको ८ खेलबाट १६ अंक रहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय