+

नेपाल उपविजेतामै सीमित

२०७५ असोज  २२ गते ८:२० २०७५ असोज २२ गते ८:२०
नेपाल उपविजेतामै सीमित

२२ असोज, काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामै सीमित भएको छ ।

आइतबार राति भएको फाइनलमा नेपाल बंगलादेशसँग १–० गोलले स्तब्ध भएको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले राम्रो प्रदर्शन गरेपनि बंगलादेशलाई रोक्न भने सकेन ।

बंगलादेशका लागि मासुरा प्रभिनले गरेको गोल नै निर्णायक सावित बन्यो । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा नेपालले गोल खान पुग्यो । खेलको ४९ औं मिनेटमा प्रभिनले गोल गरेकी थिइन् ।

यसअघि भएको समूह चरणको खेलमा पनि नेपाल बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय