+
+
Shares

यती एयरलाइन्सको विमानमा स्याल ठोक्कियो, सबै सकुशल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २२ गते ६:०५

२२ असोज, काठमाडौं । यती एयरलाइन्सको जहाजमा स्याल ठोक्किएको छ । काठमाडौंबाट गएको यतीको ‘एटिआर-७२’ विमान नेपालगंज विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गमा स्याल ठोक्किएको हो ।

स्याल ठोक्किएपनि विमानमा कुनै क्षति नभएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक एवं विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले अनलाइनखबरलाई जानकारी दिए ।

घटनाका बेला विमानमा रहेका यात्रुलाई पनि केहि भएको छैन । उनका अनुसार घटना आइतबार साँझ सवा सात बजेतिरको हो । विमान अवतरण गरिरहेका बेला स्याल धावनमार्ग क्रस गर्न लाग्दा चक्कामा परेको थियो ।

स्याल घटनास्थलमै मरेको छ । विमानस्थल आसपास झाडी रहेकाले स्यालको आउजाउ हुने गरेको उनले बताए ।

स्याल किचिएपछि रगताम्य भएको धावनमार्ग दमकल लगाएर तत्कालै सफाइ गरिएको ठाकुरले बताए । पाइलटले खबर गरेपछि मात्रै विमानस्थल व्यवस्थापनले घटनाबारे थाहा पाएका थिए ।

फेरि यस्ता घटना दोहोरिन नदिन विमानस्थल भित्र र आसपासको झाडी फडानी गर्न थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?