Comments Add Comment

गृहमन्त्री कड्किएपछि प्रहरी इञ्चार्ज फेरबदल

२२ असोज, काठमाडौं । उपत्यकामा एकपछि अर्को गर्दै प्रहरी अधिकारीहरु घुसकाण्डमा पक्राउ पर्न थालेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रुष्ट बनेका छन् ।

शनिबार राति कार्यकक्षबाटै महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेपछि बादल उपत्यकाका प्रहरी अधिकारीहरुप्रति रुष्ट बनेका हुन् ।

राई अख्तियारको फन्दामा परेलगत्तै थापाले आइतबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामा, ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुक र भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठलाई कार्यकक्षमै बोलाएर प्रहरीभित्र भइरहेको गतिविधिबारे सोधपुछ गरेका छन् ।

यो पनि पढ्नुहोस घुस्याहा डीएसपीलाई टीभीले पुगेन, सोकेस पनि चाहियो !

उनले ३० भदौमा कोटेश्वरबाट बालुवा तस्करसँग घुस लिँदै गर्दा ९ जना प्रहरी अधिकारी पक्राउ परेको प्रसंग समेत निकालेर अधिकारीहरुको भूमिकामाथि प्रश्न गरेका थिए ।

‘एकपछि अर्को गर्दै प्रहरी अधिकारीहरु घुससहित पक्राउ परिरहेका छन् । के भइरहेको छ यो ?’, गृहमन्त्रीले आक्रोश व्यक्ति गर्दै अधिकारीहरुलाई भनेका छन्, ‘यस्ता कुराहरु तत्काल सच्याइनु पर्‍यो ।’

एक उच्च प्रहरी अधिकारीका अनुसार गृहमन्त्रीले ‘बाटो क्लीयर गर्नू’ भनि बताएको जानकारी दिए ।

३ डिएसपीको पोस्टिङ

गृहमन्त्रीसँगको भेट लगत्तै उपत्यकाका केही विवादित प्रहरी इञ्चार्जहरु फेरबदल गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय जुटेको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यस क्रममा सोमबार बौद्ध वृत्तमा डिएसपी नरेन्द्र चन्दलाई पठाइएको छ भने थानकोट वृत्तमा डीएसपी कुमारविक्रम थापालाई खटाइएको छ ।

केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार सातदोबाटो वृत्तमा भने डिएसपी गौतम मिश्रलाई पठाउने पठाइएको छ ।

थानकोटका डिएसपी नवरत्न पौडेल यूएन मिशनमा जाने भएका थिए भने सातदोबाटो वृत्तका डिएसपी विनोद सिलवालको प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment