Comments Add Comment

सुदूरपश्चिमका सुपथ मूल्य पसलमा चिनी पाइएन

२३ असोज, कैलाली । साल्ट टे्रडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले दशै तिहारको अवसरमा सञ्चालन गरेको सहुलियत पसलमा चिनी बिक्री गरेको छैन ।

सुदूरपश्चिम प्रदेशका ७ स्थानबाट सहुलियत दरमा चिनी, नुन र चामल विक्री वितरण गर्ने जनाए पनि हालसम्म चिनी भने बेचेको छैन । चिनीसंगै नुन र चामल वितरण गर्ने जनाए पनि चिनीको मुल्य निर्धारण नभएकाले विक्री वितरण रोकेको हो ।

सरकारले अहिलेसम्म चिनीको मूल्य नतोकेका कारण ब्यापारीले चिनीमा कालोबजारी गरेका उपभोक्ताहरुले आरोप लगाएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका सूचना अधिकृत तेजबहादुर कुँवरले सरकारले नै चिनीको मुल्य नतोकेका कारण विक्री वितरण गर्न नसकेको बताए । उनले मुल्य निर्धारण हुनेबित्तिकै बिक्री शुरु हुने बताए ।

उपभोक्तालाई सहुलियत दरमा नुन, चिनी र चामल उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको साल्ट ट्रेडिङले नुन प्रतिकिलो १८ रुपैयाँमा बिक्री गरेको छ । उसले अहिलेसम्म ४ सय ८० किलो नुन विक्री गरेको जानकारी दिएको छ ।

कार्यालयले धनगढी लगायत महेन्द्रनगर, बेलौरी, दिपायल, टीकापुर, डडेल्धुरा र वैतडीमा समेत सुपथ मुल्य सञ्चालन गरेर नुन, चिनी र चामल सहुलितमा बिक्री गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment