+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

विजुलीको पोलले थिचेर कलाकार संघका अध्यक्ष बोगटीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १३:३१

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । आज बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर उनको निधन भएको हो ।

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले उनको निधन भएको पुष्टि गरिन् । उनको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

कसरी भयो निधन ?

टिकाथलीको आफ्नो घरबाट निस्किएका बोगटी घर नजिकै रुख काटेको हेर्न गाडी रोकेर बाहिर निस्किएका थिए । विपरित दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको विजुलीको पोलमा रुख ढल्यो ।

रुखलाई विजुलीको पोलले धान्न नसकेपछि उक्त पोल पनि ढलेको थियो । ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेको थियो । बोगटीको उपचारका लागि बीएन्डबी अस्पतालमा ल्याउँदै गर्दा निधन भएको निर्देशक बसन्त निरौलाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?