२३ असोज, काठमाडौं । संघीय संसद अन्तर्गतको अर्थ समितिले मूल्य वृद्धि नियन्त्रणका लागि कानुनी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले चाडपर्व अगावै उपभोग्य वस्तुको आधारभुत मूल्य तोक्न पनि भनेको छ ।
यस्तै बैठकले सुपथ मूल्यका पसलको व्यवस्था गरी वस्तु तथा सेवा दिन मन्त्रालयलाई निर्देशन दिएको छ । अर्को वर्षदेखि चाडपर्व सुरु हुनुभन्दा दुई महिना अघि नै उपभोग्य वस्तुको आधारभुत मूल्य तोक्ने कानुनी व्यवस्था मिलाउन निर्देशन दिइएको समितिका सभापति कृष्ण दाहालले जानकारी दिए ।
बैठकमा समिति सदस्यहरुले महंगी नियन्त्रणतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । यस्तै समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गरी समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
समितिको क्षेत्राधिकार समेत प्रष्ट नभएको भन्दै उनीहरुले काम गर्न अफ्ठ्यारो परेको समिति सदस्य रामकुमारी झाँक्रीले बताइन । समितिको काम प्रभावकारी बनाउन पनि क्षेत्राधिकारी प्रष्ट हुनुपर्ने उनले बताइन ।
प्रतिक्रिया 4